भाद्र ३, २०८३ बुधबार August 19, 2026

इरानसँग तत्काल वार्ताको कुनै योजना नभएको ट्रम्पको खुलासा

होर्मुज जलमार्गमा तनाव कायमै रहेका बेला इरान र अमेरिकाबीच परस्पर विरोधी धारणा सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वासिङ्टन, ३ भदौ : संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्काल इरानसँग कुनै वार्ता वा छलफलको ठोस योजना नभएको बताउनुभएको छ ।

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथमा इरानसँग कुनै वार्ता वा कुराकानी नभइरहेको तथा तत्काल निर्धारित वार्ता योजना नहरेको उल्लेख गर्नुभएको छ ।

यसैबीच ट्रम्पले होमुर्जको जलमार्गमा अमेरिकी नौसैनिक नाकाबन्दी पूर्ण शक्ति र प्रभावमा रहेको तथा होर्मुज पुर्ण रुपमा खुला र निर्वाद रुपमा सञ्चालनमा रहेको पनि बताउनुभएको छ ।

ट्रम्पका टिप्पणी विशेष दूत जारेड कुशनरले ‘फक्स न्यूज’सँग अमेरिकी सरकार र इरानी सरकारका विभिन्न निकायबीचको वार्ता अहिले पहिलेभन्दा बढी सक्रिय रहेको बताएपछि आएका हुन् । यद्यपि, उहाँले वार्ताबाट अहिलेसम्म कुनै सहमति भइनसकेको सङ्केत गर्नुभएको छ ।

होर्मुज जलमार्गमा तनाव कायमै रहेका बेला इरान र अमेरिकाबीच परस्पर विरोधी धारणा सार्वजनिक भएका छन् । इरानले अमेरिकी नौसैनिक नाकाबन्दी र प्रतिबन्ध हटाउनेलगायत समझदारीपत्रमा उल्लेखित प्रतिबद्धता पूरा नभएसम्म जलमार्ग खुला नगर्ने अडान दोहोर्‍याएको छ ।

यसैबीच कुशनरले भने अमेरिकी सरकार र इरानी सरकार भित्रका विभिन्न पक्षहरू र विभिन्न तहमा भएको वार्तालाई वर्णन गर्नुभएको छ ।रासस/क्युएनए

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
निर्णय नमान्ने बागमतीका सांसद कारबाहीका भागीदार : लिङदेन
२०८३ भाद्र ३, बुधबार
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक वृद्धि गर्ने सरकारको निर्णय
२०८३ भाद्र ३, बुधबार
‘बालश्रमसम्बन्धी विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८३ भाद्र ३, बुधबार
बलिदानीपूर्ण इतिहास सम्झिएर काम गर्न एमाले नेता थापाको आग्रह
२०८३ भाद्र ३, बुधबार
मन्त्रिपरिषद् बैठकबाट ११ वटा प्रमुख निर्णय सार्वजनिक (सूचीसहित)
२०८३ भाद्र ३, बुधबार
प्रतिनिधिसभा बैठकमा सांसदहरुद्वारा बाढीपीडितलाई राहत र खेलक्षेत्रको सुधार गर्न आग्रह
२०८३ भाद्र ३, बुधबार
दलको विधान संशोधन गर्दै रास्वपा
२०८३ भाद्र ३, बुधबार