भाद्र ४, २०८३ बिहिबार August 20, 2026

दुर्गा प्रसाईंको घरमा प्रहरीको खानतलासी

प्रसाईंले लघुवित्त पीडितहरूलाई आन्दोलनका लागि प्रेरित गरेपछी प्रहरीको अनुनसन्धान जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ। मेडिकल व्यवसायी दुर्गा प्रसाईंको घरमा प्रहरीले खानतलासी गरेको छ। बिहीबार उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले भक्तपुरस्थित निकोसेरामा रहेको प्रसाईंको घरमा खानतलासी गरेको हो ।

प्रसाईंले लघुवित्त पीडितहरूलाई आन्दोलनका लागि प्रेरित गरेको भन्दै उनको घरमा खानतलासी गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका एक अधिकृतले बताए।

लघुवित्त पीडितहरू पुलचाेकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयमा धर्नामा छन्। खानतलासीको नेतृत्व उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी शरत थापाले गरेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया