भाद्र ४, २०८३ बिहिबार August 20, 2026

वाग्मती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त

वाग्मतीको सातौँ मुख्यमन्त्री बनेका थापालाई प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले दिए नियुक्ती

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । वाग्मती प्रदेशको मुख्यमन्त्रीमा किरण थापामगर नियुक्त भएका छन् । १०४ सदस्यीय प्रदेशसभामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेकपा एमाले र राप्रपा गरी कुल ६३ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले थापालाई बिहीबार (भदौ ४) नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

यसअघि दुईपटकसम्म प्रदेशको स्वास्थ्य मन्त्रालय सम्हालेका थापा वाग्मतीको सातौँ मुख्यमन्त्री बनेका छन् । थापाभन्दा अगाडि डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य, राजेन्द्रप्रसाद पाण्डे, शालिकराम जम्कट्टेल, बहादुरसिंह लामा र इन्द्रबहादुर बानियाँ वाग्मती प्रदेशको मुख्यमन्त्री बनिसकेका छन् ।

मुख्यमन्त्रीमा नियुक्त भएका नेकपा (एमाले)का थापामगरको राजनीतिक यात्रा सामाजिक सेवाबाट सुरु भएको थियो । उनको शैक्षिक योग्यता आईए तहसम्मको रहेको छ ।

एमालेको भक्तपुर जिल्ला कमिटी सदस्य हुँदै उपाध्यक्षको जिम्मेवारी समेत सम्हालेका थापामगरले स्थानीय तहदेखि प्रदेश सरकारसम्म नेतृत्वको अनुभव हासिल गरेका छन् ।

वि.सं. २०७४ सालमा सूर्यविनायक नगरपालिका–८ को वडाध्यक्षमा निर्वाचित भएका उनले त्यसक्रममा नगरपालिकाको सामाजिक विकास समितिको संयोजकको जिम्मेवारीसमेत सम्हालेका थिए ।

वि.सं. २०७९ सालमा भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा ९१० बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि थापामगर प्रदेश सरकारमा प्रवेश गरेका थिए । उनले वि.सं.२०८१ साउन ९ गतेदेखि २०८३ साल असारसम्म वाग्मती प्रदेशको स्वास्थ्यमन्त्रीका रूपमा दुईपटक जिम्मेवारी सम्हालेका थिए ।

केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर संरक्षण समितिको सचिव, उपाध्यक्ष हुँदै कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । उनले नेपाल रेडक्रस सोसाइटी सिपाडोल उपशाखाको सभापति तीन कार्यकाल र भक्तपुर शाखाको उपसभापति दुई कार्यकाल सम्हालेका छन् ।

त्यस्तै,नेपाल तेक्वान्दो संघ वाग्मती प्रदेशको कोषाध्यक्ष, सूर्यविनायक उद्योग वाणिज्य संघको अध्यक्ष तथा विभिन्न खेलकुद र युवा क्लबमा संरक्षकको भूमिका समेत उनले निर्वाह गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउन मधेस सरकार प्रतिबद्ध’ – मुख्यमन्त्री यादव
२०८३ भाद्र ४, बिहिबार
राजकुमार ह्यारीकाे परिवार अमेरिकावाट बेलायत फर्कदै
२०८३ भाद्र ४, बिहिबार
कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा
२०८३ भाद्र ४, बिहिबार
अमेरिकी ऋण ४०० खर्ब डलर नाघ्यो
२०८३ भाद्र ४, बिहिबार
परराष्ट्रमन्त्री खनालसँग साउदी राजदूत मोनैखिरको भेट
२०८३ भाद्र ४, बिहिबार
प्योङयाङद्वारा छोटो दूरीका केही ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण
२०८३ भाद्र ४, बिहिबार
चुनाव जितेर संसद् छिर्दैमा ‘जे बोले पनि वा जे गरे पनि हुन्छ’ भन्ने दम्भ त्याग्नुपर्छ : गगन थापा
२०८३ भाद्र ४, बिहिबार