काठमाडौंः नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ७२७ पुगेको छ । स्वास्थ्य तथा नसंख्या मन्त्रालयकमा अनुसार पछिल्ले २४ घण्टनामा थप १२ जना संक्रमितहरुको मृत्यु भएसंगै मृतकको संख्या ७२७ पुगेको हो ।
यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले देशभर १५ हजार ४३८ जनमा पीसीआर परिक्षण गर्दा ३ हजार १६७ जनामा संक्रमण पुष्टि भएको जानकारि दिए ।
यो संगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ । आज देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ७३७ रहेको प्रवक्ता गौतमले जानकारि दिए ।
यस्तै थप १ हजार ८ सय जना कोरोना संक्रमितहरु डिस्चार्ज भएका छन् । नेपालमा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या ८९ हजार ८४० पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा १ हजार ४५१ भक्तपुरमा १४३ र ललितपुरमा १५२ सहित १ हजार ७४६ संक्रमित थपिएका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया