भाद्र ५, २०८३ शुक्रबार August 21, 2026

प्रधानमन्त्री बालेन्द्र शाह निजी भ्रमणमा : प्रधानमन्त्री कार्यालय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । प्रधानमन्त्री बालेन्द्र शाह निजी भ्रमणमा पोखरा गएका प्रधानमन्त्री कार्यालयले जनाएको छ।

शुक्रबार प्रधानमन्त्री कार्यालयले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता हेमराज अर्यालले प्रधानमन्त्री निजी भ्रमणमा गएका जानकारी दिएका हुन्।

सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिँदै उनले भने, ‘प्रधानमन्त्रीको यो भ्रमण निजी हो। अन्य बुझ्न परे उहाँको सचिवालयमा बुझ्न सकिनेछ’।

प्रधानमन्त्री शाह शुक्रबार काठमाडौंबाट सडकमार्ग हुँदै पोखराको लागि निस्किएका छन्। त्यहाँबाट उनी मुस्ताङ जाने बताइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया