भाद्र ५, २०८३ शुक्रबार August 21, 2026

इरानमाथि प्रतिबन्ध समाधान होइनः चीन

मध्यपूर्वको समस्या वार्ता र कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने चीनको धारणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बेइजिङ, ५ भदौ (रासस/एएफपी) : चीनले इरानमाथि अमेरिकी ‘प्रतिबन्ध र दबाब’ बढाएर मध्यपूर्वको द्वन्द्व समाधान नहुने बताउँदै राजनीतिक तथा कूटनीतिक माध्यमबाट समस्या समाधान गर्नुपर्नेमा जोड दिएको छ । अमेरिकाले इरानी अर्थतन्त्रलाई अलग्याउन चीनलगायत मुलुकलाई आफ्नो अभियानमा सहभागी हुन आग्रह गरिरहेका बेला चीनको यस्तो धारणा आएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी शासनमाथि आर्थिक दबाब बढाउने चेतावनी दिँदै आउनुभएको छ । इरानले भने अमेरिकी अभियानलाई ‘आर्थिक आतङ्कवाद’ को संज्ञा दिँदै आएको छ ।

ट्रम्पको पछिल्लो चेतावनीबारे शुक्रबार सोधिएको प्रश्नमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले प्रतिबन्ध र दबाबले समस्या समाधान गर्न नसक्ने बताउनुभयो । उहाँले सम्बन्धित सबै पक्षलाई जिम्मेवार कदम चाल्दै राजनीतिक तथा कूटनीतिक माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभयो ।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानमाथि आर्थिक दबाब बढाउने नीतिको बचाउ गर्दै चीनलाई पनि अमेरिकी अभियानमा सहभागी हुन आग्रह गर्नुभएको थियो । उहाँले यस विषयमा धेरै कुराकानी निजी रूपमा गर्नु उपयुक्त हुने बताउनुभएको थियो ।

बेसेन्टको भनाइबारे प्रतिक्रिया दिँदै प्रवक्ता लिनले चीनले अन्तर्राष्ट्रिय कानूनको आधार नभएका तथा संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले अनुमोदन नगरेका एकपक्षीय प्रतिबन्धको विरोध गर्ने स्पष्ट पार्नुभयो । उहाँले मध्यपूर्वको समस्या वार्ता र कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने चीनको धारणा दोहोर्‍याउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीररूपमा प्रभावितः संयुक्त राष्ट्रसङ्घ
२०८३ भाद्र ६, शनिबार
इरानका लागि युद्ध अन्त्य गर्न अनुकुल समय आएको छः इरानी राष्ट्रपति
२०८३ भाद्र ५, शुक्रबार
टी ट्वान्टी क्रिकेटः नर्दन टेरिटोरी स्ट्राइकसँग नेपाल ‘ए’ पराजित
२०८३ भाद्र ५, शुक्रबार
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
२०८३ भाद्र ५, शुक्रबार
निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी
२०८३ भाद्र ५, शुक्रबार
‘आध्यात्मिक शिक्षाले मानिसलाई स्वस्थ र अनुशासित बनाउँछ’:महामन्त्री
२०८३ भाद्र ५, शुक्रबार
निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र
२०८३ भाद्र ५, शुक्रबार