भाद्र ५, २०८३ शुक्रबार August 21, 2026

राष्ट्रपति ट्रम्पद्वारा गाईको मासुको आयातमा ९० दिनका लागि भन्सार छुट

‘ग्राउन्ड बीफ’ लाई बजार मूल्यभन्दा २५ प्रतिशत कममा बेच्ने प्रतिबद्धता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वासिङ्टन, ५ भदौ (रासस/एएफपी): संयुक्त राज्य अमेरिकाले आगामी ९० दिनसम्म तीन लाख टनसम्म ‘ग्राउन्ड बीफ’ ( गाईको पेलिएको मासु) लाई भन्साररहित अवस्थामा आयात गर्न अनुमति दिनेभएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव नजिकिँदै गर्दा अमेरिकी उपभोक्ताका लागि गाईको मासुको मूल्य घटाउने प्रयास गरिरहेको देखिन्छ ।

“हामी हाम्रा पशुपालकहरूलाई सहयोग गर्न काम गरिरहेको भएपनि आगामी ९० दिनसम्म संयुक्त राज्य अमेरिकाले ‘ग्राउन्ड बीफ’ का लागि तीन लाख मेट्रिक टनसम्मको उत्पादनलाई कोटाबाहिरको भन्साररहित आयात गर्न अनुमति दिनेछ,” राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसल प्लेटफर्ममा लेख्नुभएको छ ।

अमेरिकी राष्ट्रपतिले कुन–कुन देशले यो बीफ निर्यात गर्ने भन्ने कुरा उल्लेख गर्नुभएको छैन तर ‘ग्राउन्ड बीफ’ लाई बजार मूल्यभन्दा २५ प्रतिशत कममा बेच्ने प्रतिबद्धता जनाउनुभएको छ ।

“यो सम्झौताले अमेरिकीहरूका लागि मूल्य घटाउनेछ र हाम्रा महान् किसानहरूलाई ठाउँ दिनेछ,” राष्ट्रपति ट्रम्पले लेख्नुभएको छ ।

अमेरिकी उपभोक्ताहरू उच्च खाद्य मूल्यको निरन्तर दबाबमा छन्, जसमा इरान युद्धसँग जोडिएको ऊर्जा सङ्कटले इन्धन र यातायात खर्च बढाएर थप प्रभाव पारेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीररूपमा प्रभावितः संयुक्त राष्ट्रसङ्घ
२०८३ भाद्र ६, शनिबार
इरानका लागि युद्ध अन्त्य गर्न अनुकुल समय आएको छः इरानी राष्ट्रपति
२०८३ भाद्र ५, शुक्रबार
टी ट्वान्टी क्रिकेटः नर्दन टेरिटोरी स्ट्राइकसँग नेपाल ‘ए’ पराजित
२०८३ भाद्र ५, शुक्रबार
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
२०८३ भाद्र ५, शुक्रबार
निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी
२०८३ भाद्र ५, शुक्रबार
‘आध्यात्मिक शिक्षाले मानिसलाई स्वस्थ र अनुशासित बनाउँछ’:महामन्त्री
२०८३ भाद्र ५, शुक्रबार
निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र
२०८३ भाद्र ५, शुक्रबार