भाद्र ७, २०८३ आइतबार August 23, 2026

जनतालाई छिटो न्याय दिनुपर्ने छ, पुराना मुद्दा शून्यमा झारौँ : प्रधानन्यायाधीश शर्मा

उच्च अदालतहरूलाई दुई वर्ष पुराना मुद्दा शून्यमा झार्न निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बागलुङ । प्रधानन्यायाधीश मनोजकुमार शर्माले जनतालाई न्यायको अनुभूति दिलाउन  छिटो न्याय सम्पादन आवश्यक रहेको बताएका छन् ।

उच्च अदालत पोखरा बागलुङ इजलासको भवन उद्घाटनमा पुगेका प्रधानन्यायाधीश शर्माले यस्तो बताएका हुन् ।

उनले उच्च अदालतहरूलाई दुई वर्ष पुराना मुद्दा शून्यमा झार्न निर्देशन समेत दिएका छन् । छिटो न्याय सम्पादनका लागि प्रविधिलाई आत्मसात् गर्दै अघि बढ्न उनले भनेका छन् । ”जनताले छिटो न्याय पाएमात्रै न्याय पाएको महसुस गर्नेछन्, प्रविधिमा अब्बल न्यायालय हुन आवश्यक छ । उच्च अदालतहरूले दुई वर्ष पुराना मुद्दा शून्यमा झार्नुपर्छ,” उनको भनाइ छ ।

सकभर जिल्ला अदालतबाटै मुद्दाको टुंगो लगाउन सकेमा जनतालाई सहज हुने उनको भनाइ छ। देशभरमै बालविवाह, सम्बन्धविच्छेद, जबरजस्ती करणीलगायत मुद्दा बढ्नु राम्रो नभएको उनले बताए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया