भाद्र ७, २०८३ आइतबार August 23, 2026

मध्यस्थता प्रक्रियालाई सक्रिय बनाउन पाकिस्तानी सेना प्रमुख इरान भ्रमणमा

भ्रमण ‘इरान–पाकिस्तान द्विपक्षीय सहयोग सुदृढ पार्ने प्रयासको अंश’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

एजेन्सी । पाकिस्तानका शक्तिशाली सेना प्रमुख आसिम मुनीरले सोमबार तेहरानको भ्रमण गर्ने इरानको विदेश मन्त्रालयले जानकारी दिएको छ । इस्लामावादले मध्य पूर्व युद्धको समाधानका लागि मध्यस्थताको प्रयास गरिरहेको बेला यो भ्रमण हुन लागेको हो ।

मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले आइतबार विज्ञप्ति जारी गर्दै भनेका छन्, “मुनीरले पाकिस्तानी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार तेहरान आउने कार्यक्रम तय भएको छ। यो भ्रमण ‘इरान–पाकिस्तान द्विपक्षीय सहयोग सुदृढ पार्ने प्रयासको अंश’ हो ।

यो ‘मध्यपूर्वमा शान्ति र सुरक्षा मजबुत बनाउन पाकिस्तानले गरिरहेको निरन्तर प्रयास’ का साथै दुईपक्षीय मित्रतालाई थप सुमधुर बनाउने कुटनीतिक अवसर हो ।

पाकिस्तानले इरान र अमेरिकाबीचको युद्ध रोक्न महत्त्वपूर्ण भूमिका खेलिरहेको छ। जुन महिनामा उसले समझदारी पत्र (एमओयू) गराउन मध्यस्थता गरेको थियो। तर अहिले शान्ति वार्ता अवरूद्ध भएकोजस्तो देखिएको छ।

यस महिनाको सुरुमा पाकिस्तानले साउदी अरब र टर्कीसँग संयुक्त रक्षा सम्झौता गरेको थियो । केही विश्लेषकहरूले यसलाई इरानी प्रभावलाई सन्तुलनमा राख्ने उद्देश्यले गरिएको कदम भनेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विगत ३५ वर्षको हिसाब गर्ने होइन, आगामी ३५ वर्षको योजना ल्याउनुस्ः सभापति
२०८३ भाद्र ७, आइतबार
सञ्चारमन्त्री डा तिमिल्सिनाबाट पहिरो प्रभावित बस्तीको निरीक्षण
२०८३ भाद्र ७, आइतबार
कोशीका मुख्यमन्त्री कार्कीले सोमबार प्रदेशसभामा विश्वासको मत लिने
२०८३ भाद्र ७, आइतबार
मध्यस्थता प्रक्रियालाई सक्रिय बनाउन पाकिस्तानी सेना प्रमुख इरान भ्रमणमा
२०८३ भाद्र ७, आइतबार
बदलिँदो परिस्थितिअनुसार एमाले रूपान्तरण हुनुपर्छः उपाध्यक्ष गुरुङ
२०८३ भाद्र ७, आइतबार
मुख्यमन्त्री थापालाई विश्वासको मत दिन नेपाली कम्युनिस्ट पार्टीको ‘ह्विप’
२०८३ भाद्र ७, आइतबार
शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल
२०८३ भाद्र ७, आइतबार