भाद्र ७, २०८३ आइतबार August 23, 2026

कोशीका मुख्यमन्त्री कार्कीले सोमबार प्रदेशसभामा विश्वासको मत लिने

मुख्यमन्त्री कार्कीले प्रदेशसभाबाट पुनः विश्वासको मत लिदैं

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले सोमबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्।

नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले पुनः विश्वासको मत लिन लागेका हुन्। उनी मुख्यमन्त्रीका रूपमा विश्वासको मत लिन लागेको यो तेस्रो पटक हो।

कांग्रेसले समर्थन फिर्ता लिएसँगै संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री कार्कीले प्रदेशसभाबाट पुनः विश्वासको मत लिन लागेका हुन्। त्यसका लागि प्रदेशसभा सचिवालयमा आवश्यक पत्रसमेत दर्ता भइसकेको छ।

कोशीमा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच बनेको सत्ता समीकरणमा रहेका सांसद संख्या ५७ छ। ९३ सदस्यीय प्रदेशसभामा कायम संख्या ९२ छ।

प्रदेशसभामा एमालेका ४०, नेकपाका १७, कांग्रेसका २९, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सभामुखसहित ५, जनता समाजवादी पार्टी नेपालका १ सांसद छन्।

कांग्रेसले सरकारलाई दिएको समर्थन ३ भदौमा फिर्ता लिएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विगत ३५ वर्षको हिसाब गर्ने होइन, आगामी ३५ वर्षको योजना ल्याउनुस्ः सभापति
२०८३ भाद्र ७, आइतबार
सञ्चारमन्त्री डा तिमिल्सिनाबाट पहिरो प्रभावित बस्तीको निरीक्षण
२०८३ भाद्र ७, आइतबार
कोशीका मुख्यमन्त्री कार्कीले सोमबार प्रदेशसभामा विश्वासको मत लिने
२०८३ भाद्र ७, आइतबार
मध्यस्थता प्रक्रियालाई सक्रिय बनाउन पाकिस्तानी सेना प्रमुख इरान भ्रमणमा
२०८३ भाद्र ७, आइतबार
बदलिँदो परिस्थितिअनुसार एमाले रूपान्तरण हुनुपर्छः उपाध्यक्ष गुरुङ
२०८३ भाद्र ७, आइतबार
मुख्यमन्त्री थापालाई विश्वासको मत दिन नेपाली कम्युनिस्ट पार्टीको ‘ह्विप’
२०८३ भाद्र ७, आइतबार
शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल
२०८३ भाद्र ७, आइतबार