भाद्र ९, २०८३ मंगलबार August 25, 2026

तीज गीतमा सुनको महँगीदेखि बेरोजगारीसम्मका नेपाली महिलाका गुनासा (भिडियो सहित)

म्युजिक भिडियोमा गायक सुरेश शाही, सुमित्रा खड्का, सुदीपा पाठक र विक्की विश्वकर्माको दमदार अभिनय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तेजन खड्का /काठमाडौं । यस वर्षको तीजलाई लक्षित गर्दै बहुचर्चित गायक सुरेश शाहीको स्वरमा नेपाली महिलाका दैनिक भोगाइ, पारिवारिक सम्बन्ध, महँगीदेखि देशमा बढ्दो बेरोजगारीसम्मका विषयलाई रमाइलो ढंगले प्रस्तुत गरिएको तीज गीत सार्वजनिक भएको छ।

गायक शाहीको युट्युब च्यानलमार्फत आइतबार सार्वजनिक गरिएको गीतमा नवोदित गायिका विनूशा राईको समेत स्वर रहेको छ। गीतको रचना व्यवसायी सुमित्रा खड्काले गरेकी हुन्।

गीतको म्युजिक भिडियोमा गायक सुरेश शाही, सुमित्रा खड्का, सुदीपा पाठक र विक्की विश्वकर्माले अभिनय गरेका छन्। भिडियोको निर्देशन शेर शाहीले गरेका हुन्।

गीतमा महिलाले बढ्दो सुनको मूल्यप्रति श्रीमान्सँग गुनासो गरेकी छन्। ‘सुनको भाउ बढेर छोइसक्नु भएन’ भन्दै तीजमा गरगहना लगाउने आफ्नो चाहना पूरा हुन नसकेको पीडा उनले व्यक्त गरेकी छन्। त्यसको जवाफमा श्रीमान्ले पनि आर्थिक अवस्थाका कारण आफ्नो बाध्यता सुनाएका छन्।

गीतको अर्को अन्तरा भने सासू–बुहारी सम्बन्धमा केन्द्रित छ। सासूले दूध नदिएको, बुहारीले घाँस नकाटेकोदेखि घरभित्र हुने सामान्य भनाभनसम्मका विषयलाई हास्यरसमा प्रस्तुत गरिएको छ। अन्ततः ‘सासू–बुहारी नमिलेको घर कहाँ छ ?’ भन्ने भावमार्फत पारिवारिक सम्बन्धमा आपसी समझदारी र मेलमिलाप आवश्यक रहेको सन्देश दिन खोजिएको छ।

त्यस्तै, नन्दले लगाउने कुरा, सासूको व्यवहारदेखि श्रीमान्–श्रीमतीबीच हुने सामान्य गुनासासमेत गीतमा समेटिएको छ। एउटै कुरा पटक–पटक दोहोर्‍याउने श्रीमान्को बानीदेखि आफूले भनेका कुरा श्रीमतीले नसुन्नेसम्मका प्रसंगलाई रमाइलो संवादका रूपमा प्रस्तुत गरिएको छ।

गीतको अन्तिम भाग भने अझ समसामयिक विषयमा केन्द्रित छ। जेठाजु युरोप र देवर अमेरिका पुगे पनि आफ्ना श्रीमान् भने आफ्नै देशमा बेरोजगार रहेको महिलाको गुनासो गीतमा सुनिन्छ। विदेशमा रहेका आफन्तले सम्मान पाउने तर आफ्नै देशमा बेरोजगार भएर बस्दा अपहेलना सहनुपर्ने अवस्थालाई पुरुष पात्रले आफ्नो पीडाका रूपमा व्यक्त गरेका छन्।

तीजको रमझमसँगै महँगी, पारिवारिक सम्बन्ध, बेरोजगारी, वैदेशिक रोजगारी तथा दाम्पत्य जीवनका साना–ठूला गुनासालाई एउटै कथामा बुनेको यो गीतले नेपाली समाजको बदलिँदो पारिवारिक तथा आर्थिक अवस्थालाई रमाइलो शैलीमा प्रस्तुत गरेको छ।

गीतकी रचनाकार व्यवसायी सुमित्रा खड्काले यस तीजमा आफ्नो गीतमा महिलाहरूले नाचेर, गाएर भरपूर मनोरञ्जन लिने विश्वास व्यक्त गरेकी छन्।

भिडियो हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डिष्ट्रिक्ट ३२५ के, नेपालले असोज पहिलो साता लायन्स लिडरशिप क्याम्प आयोजना गर्ने
२०८३ भाद्र ९, मंगलबार
दुई दशकदेखि लोकसंगीतमा सानु सुर्खाली, तीजमा ल्याइन् ‘यो साल माइती आइन’ (भिडियो)
२०८३ भाद्र ९, मंगलबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ भाद्र ९, मंगलबार
सङ्क्रामक पशु रोग नियन्त्रण गर्न विधेयकको मस्यौदा तयार
२०८३ भाद्र ८, सोमबार
तिब्बती निर्वासित सरकारका राष्ट्रपतिको चेक गणतन्त्रका राजदूतसँग भेटवार्ता
२०८३ भाद्र ८, सोमबार
बागमती प्रदेशसभाको बैठक भोलि अपराह्न ४ः०० बजे हुने
२०८३ भाद्र ८, सोमबार
मुख्यमन्त्री थापाको नियुक्तिविरुद्ध रिटमा ‘कारण देखाऊ आदेश’ जारी
२०८३ भाद्र ८, सोमबार