मंग्सिर २, २०८३ बुधबार November 18, 2026

इरान युद्धले नेतान्याहुलाई उल्टो दबाब

इरानमाथि आर्थिक दबाब बढाए पनि प्रतिबन्धमा राहत दिने सम्झौताको सम्भावना खुला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

जेरुसेलम, ९ भदौ (रासस/एएफपी) : इरानमाथि सैन्य कारबाही गर्न दशकौँदेखि अमेरिकालाई दबाब दिँदै आउनुभएका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अन्ततः आफ्नो चाहना पूरा गर्नुभयो । तर छ महिना लामो युद्धपछि इरानलाई कमजोर बनाउने उहाँको रणनीतिक उद्देश्य अपेक्षित रूपमा पूरा नभएको विश्लेषण हुन थालेको छ ।

इजरायलले युद्धको सुरुमै इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीको हत्या गर्नुका साथै आणविक कार्यक्रम र सैन्य पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको दाबी गरेको छ । तर इरानी शासन कायमै छ र युद्धपछि थप आक्रामक देखिएको छ । तेल अभिवस्थित राष्ट्रिय सुरक्षा अध्ययन संस्थानका पूर्व वरिष्ठ गुप्तचर विश्लेषक ड्यानी सिट्रिनोभिजले इजरायलले सैन्य उपलब्धि हासिल गरे पनि रणनीतिक रूपमा असफल भएको बताउनुभयो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बदलिँदो नीतिले पनि इजरायलको अवस्था जटिल बनाएको छ । फेब्रुअरीको अन्त्यमा युद्धमा इजरायलसँग उभिनुभएका राष्ट्रपति ट्रम्पले अप्रिलमा युद्धविराम र वार्तामार्फत समाधान खोज्न जोड दिनुभयो । पछिल्लो समय उहाँले इरानमाथि आर्थिक दबाब बढाए पनि प्रतिबन्धमा राहत दिने सम्झौताको सम्भावना खुला राख्नुभएको छ ।

सिट्रिनोभिजका अनुसार इजरायलसामु अब इरानसँग नयाँ आणविक सम्झौता स्वीकार गर्ने वा उसलाई थप कमजोर बनाउने प्रयास गर्दा आणविक हतियार विकासतर्फ धकेल्ने जोखिम लिने दुविधा छ । नेतान्याहुले शासन परिवर्तन आफ्नो प्रत्यक्ष लक्ष्य नभएको बताउनुभए पनि युद्धको स्वरूपले इरानको सैन्य क्षमता कमजोर बनाएर आवश्यक परे पुनः आक्रमण गर्ने रणनीति देखाएको छ ।

टुरान रिसर्च सेन्टरका वरिष्ठ फेलो एलेक्स ग्रिनबर्गका अनुसार युद्धले इरानको आणविक कार्यक्रम, सैन्य जनशक्ति र अर्थतन्त्रमा ठूलो क्षति पुर्‍याएको छ । उहाँका अनुसार इजरायलले इरानको रणनीतिक खतरा घटाउने मुख्य सैन्य लक्ष्य हासिल गरेको हुन सक्छ । तर अमेरिका–इरानबीच इजरायलका लागि अनुकूल सम्झौता हुने सम्भावनाप्रति उहाँले शङ्का व्यक्त गर्नुभएको छ ।

युद्धले इजरायलको प्रमुख सहयोगी अमेरिकासँगको सम्बन्धलाई पनि जटिल बनाएको छ । जेरुसेलमको हिब्रू विश्वविद्यालय र अगाम इन्स्टिच्युटले जुनमा गरेको सर्वेक्षणमा ९२ प्रतिशत इजरायलीले इरानले युद्धबाट बढी लाभ लिएको वा युद्ध जितेको विश्वास गरेको पाइएको थियो । अक्टोबर २७ को निर्वाचनअघि यस्तो जनमत नेतान्याहुका लागि राजनीतिक चुनौती बनेको छ ।

युद्धले इरानी जनतामा इजरायल र अमेरिकाप्रति दीर्घकालीन शत्रुता बढाउने जोखिमसमेत देखिएको छ । तेल अभिव विश्वविद्यालयकी वरिष्ठ अनुसन्धानकर्ता लियोरा हेन्डेलम्यान–बाभुरका अनुसार नागरिक हताहत र पूर्वाधारको विनाशसँग युद्ध जोडिएमा भविष्यमा इरानसँग मेलमिलाप कठिन हुन सक्छ । उहाँका अनुसार इरानी नेतृत्व परिवर्तन भए पनि युद्धले सिर्जना गरेको शत्रुता लामो समयसम्म कायम रहन सक्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तातोपानी नाका तत्काल खुलाउन चीनसँग परराष्ट्रमन्त्री खनालको आग्रह
२०८३ मंग्सिर २, बुधबार
सभामुख अर्याल र चिनियाँ जनसंघका अध्यक्ष याङबीच शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर २, बुधबार
दानबहादुर कार्कीको रिटमा सर्वोच्चले बोलायो दुवै पक्ष, अन्तरिम आदेशबारे निर्णय हुने
२०८३ मंग्सिर २, बुधबार
त्रिवि पुनर्संरचनाअन्तर्गत पीएन क्याम्पसलाई स्वायत्त बनाउने गृहकार्य सुरु
२०८३ मंग्सिर २, बुधबार
मोरङमा निःशुल्क आँखा शिविर, ३ हजार ५०० को परीक्षण र २७५ जनाको मोतियाबिन्दुको शल्यक्रिया
२०८३ मंग्सिर २, बुधबार
एनपीएल इलिमिनेटरमा आज काठमाडौं र चितवन भिड्दै, विजेताले दोस्रो क्वालिफायर खेल्ने
२०८३ मंग्सिर २, बुधबार
नमोबुद्ध जात्रा : करुणा र देहत्यागको बौद्ध मान्यता जोडिएको ऐतिहासिक मेला
२०८३ मंग्सिर २, बुधबार