कार्तिक २४, २०८३ मंगलबार November 10, 2026

बागमतीका मुख्यमन्त्री थापाले पाउलान त विश्वासको मत, अझै कायमै छ किचलो

बागमती प्रदेश सभामा दिउँसो ४ः०० बजे उनले विश्वासको मत लिने तय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

हेटौंडा, ९ भदौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापामगरले आज विश्वासको मत लिन लागेका छन् ।

नेपाली कम्युनिष्ट पार्टी आन्तरिक किचलोमा डुबे पछि हिजो विश्वासको मत लिन नसकेका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिन लागेका हुन । आज बागमती प्रदेश सभामा दिउँसो ४ः०० बजे उनले विश्वासको मत लिने तय भएको छ ।

नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा बागमती प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम विश्वासको मत लिन लागे पनि उनका सहयोगी दल नेकपा र राप्रपा भने आन्तरिक किचलोमा फसेको छ।

नेकपा बागमती प्रदेशका असन्तुष्ट सांसद गंगानारायण श्रेष्ठ, कृष्ण खनाल, राजेन्द्रमान श्रेष्ठ, युवराज चौलागाईं, रुकु चौलागाईं, लक्ष्मण लम्साल, उर्मिला लामा र ओम कुमारी श्रेष्ठले मत नदिने अडान लिइरहेका छन, जसमध्य कृष्ण, राजेन्द्र, लक्ष्मण र ओमकुमारी साबिक नेकपा एसका सांसद हुन् । आफ्नै सत्ता सहयोगी सांसदले विश्वासको मत नदिने भए पछि हिजो प्रदेश सभा बैठक बस्दै नबसी स्थगित भएको थियो ।

बागमतीका असन्तुष्ट सांसदलाई नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं बोलाएर हिजै छलफल गरे पनि अझै विश्वासको मत दिने कि नदिने भन्ने टुंगो लागिसकेको अवस्था भने छैन ।

गत भदौं ४ मा नवनियुक्त मुख्यमन्त्री थापाले विश्वासको मत लिने प्रयोजनका लागि सोमबार दिउँसो १ बजे प्रदेश सभाको बैठक बोलाइएको थियो । त्यसपछि बैठकको समय पटक पटक परिवर्तन गरी साँझ ५ बजे र अन्तिममा ८ बजेका लागि तोकिए पनि बैठक बस्न नसके पछि आज ४ बजेका लागि तय गरिएको छ । न्यूजकारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आजको मौसम : हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २४, मंगलबार
भ्रष्टाचार गरेर देश डुबाउने र आन्दोलनका नाममा देश जलाउने दुवै जनताका शत्रु हुन् : प्रेम सुवाल
२०८३ कार्तिक २४, मंगलबार
देउसी-भैलोलाई अनुशासित रुपमा सञ्चालन गर्न गृह मन्त्रालयको निर्देशन
२०८३ कार्तिक २३, सोमबार
परराष्ट्रमन्त्री र इथियोपियाका विदेशमन्त्रीबिच द्विपक्षीय भेटवार्ता
२०८३ कार्तिक २३, सोमबार
एनपीएलमा काठमाडौं गोर्खाजको तेस्रो जित, लुम्बिनीको अपराजित यात्रा समाप्त
२०८३ कार्तिक २३, सोमबार
छ सयभन्दा बढी गाईको सामूहिक पूजा
२०८३ कार्तिक २३, सोमबार
घोप्टेभिरको पहिरो पन्छाएर दुईतर्फी यातायात सञ्चालन
२०८३ कार्तिक २३, सोमबार