मंग्सिर २, २०८३ बुधबार November 18, 2026

हर्मुज खोल्न इरानको सर्त

अमेरिकी नयाँ प्रतिबन्धले इरानको डिजिटल सम्पत्ति, प्रविधि, सुन, उड्डयन तथा ढुवानी क्षेत्र प्रभावित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

तेहरान, १० भदौ  : इरान र ओमानले हर्मुज जलघाँटीमा अस्थायी नौवहन मार्ग सञ्चालन तथा समुद्री माइन सफा गर्ने विषयमा छलफल अघि बढाए पनि इरानले अमेरिका–इरान युद्ध अन्त्य र अमेरिकी नाकाबन्दी हटेपछि मात्र जलमार्ग पूर्ण रूपमा खोल्ने अडान राखेको छ ।

तेहरानमा भएको वार्तामा इरानका विदेशमन्त्री अब्बास अराघची र ओमानका विदेशमन्त्री बद्र अलबुसाइदीले अस्थायी नौवहन मार्ग स्थापना तथा माइन हटाउने संयुक्त परियोजनासहित ‘चरणबद्ध ढाँचा’ बारे छलफल गर्नुभएको हो । अलबुसाइदीले अस्थायी मार्गबारे छिट्टै घोषणा हुन सक्ने बताउँदै स्थायी नौवहन, सूचना आदानप्रदान, यातायात व्यवस्थापन र सुरक्षासम्बन्धी विषयमा प्राविधिक वार्ता जारी रहने जानकारी दिनुभयो ।

तर इरानका उपविदेशमन्त्री काजेम घारिबाबादीले हर्मुजबाट कुनै पनि सैन्य जहाजलाई आवागमन गर्न नदिने चेतावनी दिनुभएको छ । उहाँले अमेरिका युद्ध अन्त्य गरी नाकाबन्दी हटाएपछि मात्र जलघाँटी पुनः खोल्ने विषयमा अघि बढ्न सकिने बताउनुभयो ।

सामान्य अवस्थामा हर्मुजबाट विश्वको करिब पाँचौँ भाग तेल तथा तरलीकृत प्राकृतिक ग्यास निर्यात हुने गर्छ । लामो समयदेखि जारी क्षेत्रीय युद्धका कारण समुद्री यातायात प्रभावित हुँदा विश्व ऊर्जा बजारमा समेत असर परेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी नौसेनाले हर्मुजमा रहेका सबै माइन हटाएको दाबी गर्नुभए पनि घारिबाबादीले त्यसलाई अस्वीकार गर्दै अमेरिकी माइनस्वीपर प्रवेश गरे कारबाही गर्ने चेतावनी दिनुभयो ।

यसैबीच, अमेरिकाले इरानमाथि थप प्रतिबन्ध घोषणा गरेको छ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानलाई आर्थिक रूपमा अलग पार्ने अभियान जारी रहने बताउनुभएको छ । नयाँ प्रतिबन्धले डिजिटल सम्पत्ति, प्रविधि, सुन, उड्डयन तथा ढुवानी क्षेत्रलाई लक्षित गरेको छ । इरानले पनि अमेरिकी आर्थिक हितलाई लक्षित गरी जवाफ दिने चेतावनी दिएको छ ।

हर्मुजको सम्भावित दीर्घकालीन अवरोधले विश्व व्यापार र ऊर्जा आपूर्तिमा थप असर पार्ने चिन्ता बढिरहेका बेला अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य भने बुधबार केही घटेको छ । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तातोपानी नाका तत्काल खुलाउन चीनसँग परराष्ट्रमन्त्री खनालको आग्रह
२०८३ मंग्सिर २, बुधबार
सभामुख अर्याल र चिनियाँ जनसंघका अध्यक्ष याङबीच शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर २, बुधबार
दानबहादुर कार्कीको रिटमा सर्वोच्चले बोलायो दुवै पक्ष, अन्तरिम आदेशबारे निर्णय हुने
२०८३ मंग्सिर २, बुधबार
त्रिवि पुनर्संरचनाअन्तर्गत पीएन क्याम्पसलाई स्वायत्त बनाउने गृहकार्य सुरु
२०८३ मंग्सिर २, बुधबार
मोरङमा निःशुल्क आँखा शिविर, ३ हजार ५०० को परीक्षण र २७५ जनाको मोतियाबिन्दुको शल्यक्रिया
२०८३ मंग्सिर २, बुधबार
एनपीएल इलिमिनेटरमा आज काठमाडौं र चितवन भिड्दै, विजेताले दोस्रो क्वालिफायर खेल्ने
२०८३ मंग्सिर २, बुधबार
नमोबुद्ध जात्रा : करुणा र देहत्यागको बौद्ध मान्यता जोडिएको ऐतिहासिक मेला
२०८३ मंग्सिर २, बुधबार