भाद्र १०, २०८३ बुधबार August 26, 2026

अमेरिकी सामानमा क्यानाडाको प्रतिशुल्क

क्यानाडाको प्रतिशुल्क सेप्टेम्बर ८ देखि लागू हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

ओटावा, १० भदौ  : अमेरिका–क्यानाडा व्यापार विवाद थप चर्किएको छ । क्यानाडाले अमेरिकी सामानमा १५ देखि ५० प्रतिशतसम्म प्रतिशुल्क लगाउने घोषणा गरेको छ । यो कदम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले क्यानाडाली सामानमा उच्च शुल्क लगाएपछि चालिएको हो ।

क्यानाडाको प्रतिशुल्क सेप्टेम्बर ८ देखि लागू हुनेछ । अर्थमन्त्री फ्रान्कोइस–फिलिप च्याम्पेनका अनुसार अमेरिकी शुल्कअनुसार १५, २५ र ५० प्रतिशतका दरमा प्रतिशुल्क लगाइनेछ । यसबाट इस्पात, आल्मुनियम, दुग्धजन्य पदार्थ, माछा, इलेक्ट्रोनिक्स तथा घरेलु उपकरण प्रभावित हुनेछन् । क्यानाडाले व्यापार विवादबाट प्रभावित कम्पनी र कामदारका लागि पाँच अर्ब ४० करोड अमेरिकी डलरको सहायता प्याकेजसमेत घोषणा गरेको छ ।

उद्योगमन्त्री मेलानी जोलीले क्यानाडालीलाई स्वदेशी व्यवसायलाई प्राथमिकता दिन आग्रह गर्दै नयाँ व्यापारिक साझेदार खोज्ने बताउनुभयो । ट्रम्प प्रशासनले क्यानाडाली अटोमोबाइलमा शुल्क ५० प्रतिशतसम्म बढाए त्यसको प्रतिकार गर्ने चेतावनी पनि उहाँले दिनुभयो ।

ट्रम्पले सन् २०२७ देखि क्यानाडाली अटोमोबाइलमा गैरअमेरिकी सामग्रीका लागि शुल्क २५ प्रतिशतबाट बढाएर ५० प्रतिशत पुर्‍याउने चेतावनी दिनुभएको छ । ओन्टारियोका प्रिमियर डग फोर्डले त्यसको विरोध गर्दै अमेरिकालाई विद्युत् निर्यातमा थप शुल्क लगाउने चेतावनी दिनुभएको छ । ट्रम्पले क्यानाडालाई अमेरिकाको ५१औँ राज्य बनाउने अभिव्यक्ति दोहोर्‍याउँदै प्रधानमन्त्री मार्क कार्नीलाई ‘गभर्नर’ समेत भन्नुभएको छ ।

अमेरिकी नयाँ शुल्कले करिब २० अर्ब डलर बराबरका क्यानाडाली सामान प्रभावित हुनेछन् । अक्सफोर्ड इकोनोमिक्सका अनुसार अमेरिकी बजारमा क्यानाडाली निर्यातको प्रभावकारी शुल्कदर ५.१ प्रतिशतबाट ६.९ प्रतिशत पुगेको छ । प्लास्टिक, विद्युतीय मेसिनरी, काठ र कागजजन्य उत्पादनमा यसको प्रभाव बढी पर्ने अनुमान छ ।

अमेरिका क्यानाडाको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो र क्यानाडाको कुल निर्यातको करिब ७० प्रतिशत अमेरिकी बजारमा जाने गर्छ । व्यापार तनावबीच एङ्गस रिड इन्स्टिच्युटको सर्वेक्षणले अमेरिकी दबाबबीच प्रधानमन्त्री कार्नीले वार्ताबाट पछि हटेको कदमलाई क्यानाडालीले व्यापक समर्थन गरेको देखाएको छ । यद्यपि आर्थिक परिणामप्रति चिन्ता पनि छ ।

ह्वाइट हाउसले क्यानाडाले अमेरिकी मदिरा, अटोमोबाइल र दुग्ध उत्पादनमा नयाँ शुल्क लगाएर ‘भेदभावपूर्ण व्यवहार’ गरेको आरोप लगाएको छ । पछिल्लो प्रतिशुल्कसँगै दुई परम्परागत सहयोगीबीचको व्यापार विवाद अझ गहिरिने सङ्केत देखिएको छ । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेस केन्द्रीय समिति बैठकले के-के गर्यो निर्णयहरु (सूची सहित)
२०८३ भाद्र १०, बुधबार
भोटेकोशी बाढीबाट भएको क्षतिबारे राष्ट्रपतिले लिए प्रधानमन्त्रीसँग जानकारी
२०८३ भाद्र १०, बुधबार
अमेरिकी सामानमा क्यानाडाको प्रतिशुल्क
२०८३ भाद्र १०, बुधबार
पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्णरुपमा बन्द
२०८३ भाद्र १०, बुधबार
बाढी प्रभावितको उद्धार र राहतमा जुट्न एमालेको निर्देशन
२०८३ भाद्र १०, बुधबार
सामुदायिक रेडियोको भूमिका विश्वस्तरमै अध्ययन र अनुकरणको विषय बनेको छ : राष्ट्रपति
२०८३ भाद्र १०, बुधबार
रुसी विमान दक्षिण कोरियाली हवाई रक्षा क्षेत्रमा
२०८३ भाद्र १०, बुधबार