कार्तिक २४, २०८३ मंगलबार November 10, 2026

बाढीबाट भएको जनधनको क्षतिप्रति मुख्यमन्त्री भट्टद्वारा दुःख व्यक्त

विपद्का समयमा सुरक्षा निकाय तथा सम्बन्धित निकायबाट जारी हुने सूचना, चेतावनी र निर्देशनको पालना गर्न आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सुदूरपश्चिम, १० भदौः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले रसुवागढीस्थित भोटेकोशी नदीमा आएको बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

आज बिहान अचानक आएको बाढीका कारण नुवाकोटको बेत्रावती, बनार, त्रिशूली, देवीघाटलगायतका बजार तथा आसपासका क्षेत्रमा ठूलो क्षति पुगेको घटनाप्रति दुःख व्यक्त गर्दै उहाँले विपद्को यस घडीमा उच्च सतर्कता अपनाउन सबैमा आग्रह गर्नुभएको हो ।

मुख्यमन्त्री भट्टले बाढी, पहिरोलगायत प्राकृतिक विपद्को जोखिमलाई मध्यनजर गर्दै नदी, खोला तथा जोखिमयुक्त क्षेत्र आसपास बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन र सम्भावित जोखिमबाट सुरक्षित रहन अपिल गर्नुभएको छ ।

उहाँले विपद्को समयमा एकअर्कालाई सहयोग गर्न तथा उद्धार र राहतकार्यमा सुरक्षा निकाय, स्थानीय प्रशासन र सम्बन्धित निकायसँग समन्वय गर्न आग्रह गर्नुभएको छ ।

मुख्यमन्त्री भट्टले विपद्का समयमा सुरक्षा निकाय तथा सम्बन्धित निकायबाट जारी हुने सूचना, चेतावनी र निर्देशनको पालना गरी सम्भावित जोखिम न्यूनीकरणमा सहयोग गर्नसमेत सबैमा अनुरोध गर्नुभएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आजको मौसम : हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २४, मंगलबार
भ्रष्टाचार गरेर देश डुबाउने र आन्दोलनका नाममा देश जलाउने दुवै जनताका शत्रु हुन् : प्रेम सुवाल
२०८३ कार्तिक २४, मंगलबार
देउसी-भैलोलाई अनुशासित रुपमा सञ्चालन गर्न गृह मन्त्रालयको निर्देशन
२०८३ कार्तिक २३, सोमबार
परराष्ट्रमन्त्री र इथियोपियाका विदेशमन्त्रीबिच द्विपक्षीय भेटवार्ता
२०८३ कार्तिक २३, सोमबार
एनपीएलमा काठमाडौं गोर्खाजको तेस्रो जित, लुम्बिनीको अपराजित यात्रा समाप्त
२०८३ कार्तिक २३, सोमबार
छ सयभन्दा बढी गाईको सामूहिक पूजा
२०८३ कार्तिक २३, सोमबार
घोप्टेभिरको पहिरो पन्छाएर दुईतर्फी यातायात सञ्चालन
२०८३ कार्तिक २३, सोमबार