भाद्र १०, २०८३ बुधबार August 26, 2026

सामुदायिक रेडियोको भूमिका विश्वस्तरमै अध्ययन र अनुकरणको विषय बनेको छ : राष्ट्रपति

सामुदायिक रेडियो विभिन्न समुदायको भाषा र संस्कृति संरक्षणको माध्यम बनेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १० भदौः राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक सद्भाव, राष्ट्रिय एकता, मेलमिलाप र समावेशी लोकतन्त्रको प्रवद्र्धनमा सामुदायिक रेडियोले निर्वाह गरेको भूमिका नेपालमा मात्र नभई विश्वस्तरमै अध्ययनको विषय बनेको बताउनुभएको छ ।

राष्ट्रपति पौडेलले एसिया प्रशान्त प्रसारण विकास संस्था एवं सामुदायिक रेडियो प्रसारक सङ्घका पदाधिकारीसँग बुधबार शीतल निवासमा भएको भेटमा उहाँले सामुदायिक रेडियो विभिन्न समुदायको भाषा र संस्कृति संरक्षणका साथै नागरिकलाई शिक्षा, सूचना र मनोरञ्जन गराउने सशक्त माध्यम बनेको वास्तविकता सुनाउनुभयो ।

स्थापनाकालदेखि नै नेपालका सामुदायिक रेडियोले राजनीतिक, सामाजिक तथा सांस्कृतिक परिवर्तनका विभिन्न चरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका बताउँदै राष्ट्रपतिले भन्नुभयो,“नेपालको बहुभाषिक, बहुसांस्कृतिक र विविधतापूर्ण समाजको प्रतिनिधित्व गर्नुका साथै लोपोन्मुख भाषा तथा संस्कृतिको संरक्षण र प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएको छ ।”

वर्तमान युगमा समाचार मोबाइल फोनमा छ, पडकास्टमा छ, सामाजिक सञ्जालमा छ, डिजिटल प्लेटफर्ममा छ र कृत्रिम बौद्धिकताले तयार पार्ने तथा वितरण गर्ने नयाँ माध्यमहरूमासमेत पुगिरहेको राष्ट्रपतिको कथन थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेस केन्द्रीय समिति बैठकले के-के गर्यो निर्णयहरु (सूची सहित)
२०८३ भाद्र १०, बुधबार
भोटेकोशी बाढीबाट भएको क्षतिबारे राष्ट्रपतिले लिए प्रधानमन्त्रीसँग जानकारी
२०८३ भाद्र १०, बुधबार
अमेरिकी सामानमा क्यानाडाको प्रतिशुल्क
२०८३ भाद्र १०, बुधबार
पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्णरुपमा बन्द
२०८३ भाद्र १०, बुधबार
बाढी प्रभावितको उद्धार र राहतमा जुट्न एमालेको निर्देशन
२०८३ भाद्र १०, बुधबार
सामुदायिक रेडियोको भूमिका विश्वस्तरमै अध्ययन र अनुकरणको विषय बनेको छ : राष्ट्रपति
२०८३ भाद्र १०, बुधबार
रुसी विमान दक्षिण कोरियाली हवाई रक्षा क्षेत्रमा
२०८३ भाद्र १०, बुधबार