काठमाडौंः कोभिड– १९ को परीक्षण तथा उपचार आफैले गर्नुपर्ने भएको छ । सरकारले असशक्त, असहाय एक महिला, जेष्ठ नागरिक, स्वास्थ्यकर्मी सरसफाइमा खटिने कर्मचारी, सुरक्षाकर्मी लगायत बाहेकका अरु सबैले आफ्नै खर्चमा कोराना परिक्षण गर्नुपर्ने निर्णय गरेको छ।
असशक्त, असहाय एक महिला, जेष्ठ नागरिक, स्वास्थ्यकर्मी सरसफाइमा खटिने कर्मचारी, सुरक्षाकर्मी लगायतले कोरोना बिमा गरेको भए उनीहरुको उपचार खर्च बिमाबाट व्यहोर्ने निर्णय भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताएका छन ।
उनका अनुसार कोरोनाको परिक्षण र उपचार व्यक्तिगत खर्चबाट गर्ने निर्णय सरकारी तथा गैरसरकारी अस्पतालमा आजैबाट लागू हुने छ ।साथै सरकारले निजी, सामुदायिक अस्पतालहरुमा २० प्रतिशत शैय्या तथा मेडिकल कलेजहरुले ३३ प्रतिशत शैय्या छुट्याउने निर्णय परिवर्तन गर्दै अब सबै अस्पतालहरुले कम्तिमा आईसियू लगातयका पूर्वाधारहरुसहित ५० प्रतिशत शैय्या कोभिड १९ व्यस्थापनका लागि छुट्याउनुपर्ने निर्णय गरेको उनले जनाएका छन ।
त्यस्तै गौतमका अनुसार आइसोलेसनमा रहेका संक्रमितलाई पछिल्लो ३ दिनअघिदेखि लक्षण नदेखिएमा १० दिनमा डिस्जार्च गर्ने र उनीहरुले ७ दिन होम आइसोलेसनमा बस्नुपर्ने शर्त पालना गर्नुपर्ने छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया