भाद्र ११, २०८३ बिहिबार August 27, 2026

गाजामा युद्धविराम कमजोर, वेस्ट ब्याङ्कको अवस्था बिग्रदै गएको राष्ट्रसङ्घको चेतावनी

सुरक्षा परिषद्को प्रस्ताव –२८०३ को तत्काल कार्यान्वयनका लागि आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

न्युयोर्क, ११भदौ  : संयुक्त राष्टसङ्घले गाजाको युद्धविराम नाजुक भएको उल्लेख गर्दै इजरायली कब्जामा रहेको वेस्ट ब्याङ्क क्षेत्रको अवस्था बिग्रदै गएको चेतावनी दिएको छ ।

संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को बैठकलाई सम्बोधन गर्दै मध्यपूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसङ्घका विशेष समन्वयकर्ता रमिज अलक्बरोभले गाजाका बासिन्दाहरूले असहनीय अवस्था र अत्यधिक पीडाको सामना गर्नुपरेको उल्लेख गर्नु भएको छ । उहाँले यद्धविराम पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने कुरामा जोड दिनु भएको छ ।

उहाँले अवैध कब्जाको अन्त्य गर्ने, प्यालेस्टिनी आत्मनिर्णयलाई महसुस गर्ने र दुई–राज्यबीचका समस्याको समाधानलाई अगाडि बढाउने राजनीतिक तथा कुटनैनिक प्रक्रियाको लागि मार्ग प्रशस्त गर्नु पर्ने कुरामा जोड दिनुभएको छ ।

उहाँले सुरक्षा परिषद्को प्रस्ताव –२८०३ को तत्काल कार्यान्वयनका लागि पनि आग्रह गर्नुभएको छ ।

अलक्बरोभले गाजामा स्वास्थ्य सेवा, सरसफाई र फोहोर व्यवस्थापन लगायत आवश्यक सेवाहरू पुनस्र्थापना गर्नुपर्ने कुरामा जोड दिँदै मानवीय आपूर्तिमा निरन्तर प्रतिबन्ध तथा अपर्याप्त कोषको चेतावनी दिनुभएको छ ।

उहाँले वेस्ट ब्याङ्क क्षेत्रमा, बसोबास गर्दै आएका निर्दोष मानिसहरुमाथि गर्ने आक्रमण र गैर–जवाफदेहिताको निन्दा गर्दै इजरायललाई नागरिकहरूको सुरक्षा गर्न र अपराधीहरूलाई जवाफदेही बनाउन आग्रह गर्नुभएको छ ।

इजरायली अधिकारीहरूले पूर्वी जेरुसेलमको युएनआरडब्लुए प्रशिक्षण केन्द्रमा जबरजस्ती प्रवेश गरेको रिपोर्टको निन्दा गर्दै उहाँले युएनआरडब्लुएका सुविधाहरू कब्जा गर्ने वा नियन्त्रण गर्ने प्रयासहरू अन्त्य गर्न आह्वान गर्नुभएको छ । रासस/क्यूएनए

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
हर्नामाडीको गुम्बाडाँडा बन्यो मूर्तिकलाको खुला सङ्ग्रहालय
२०८३ भाद्र ११, बिहिबार
भोटेकोशी–त्रिशूली बाढी प्रभावितका लागि आइएफआरसीले १९ करोड सहयोग गर्ने
२०८३ भाद्र ११, बिहिबार
गाजामा युद्धविराम कमजोर, वेस्ट ब्याङ्कको अवस्था बिग्रदै गएको राष्ट्रसङ्घको चेतावनी
२०८३ भाद्र ११, बिहिबार
मलेसियाविरुद्ध नेपालको लगातार दोस्रो जित
२०८३ भाद्र ११, बिहिबार
एकजुट भई विपत्तिको सामना गरौँः उपराष्ट्रपति यादव
२०८३ भाद्र ११, बिहिबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन (सूची सहित)
२०८३ भाद्र ११, बिहिबार
प्रभावित क्षेत्रमा पुनर्निर्माणको महाअभियान चलाउँछौँः अर्थमन्त्री वाग्ले
२०८३ भाद्र ११, बिहिबार