मंग्सिर २, २०८३ बुधबार November 18, 2026

अमेरिकाले इजिप्टको बैङ्कमाथि कारोबारमा सीमा लगाउने घोषणा

आशेभिलमा हुने वार्ताका क्रममा जी–२० का समकक्षीहरूलाई द्विपक्षीय बैठकमा यसबारे प्रत्यक्ष अपील गर्नुहुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

वासिङ्टन, १३ भदौ ; इजिप्टको प्रमुख बैङ्कको संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका शाखाहरूलाई अमेरिकी अर्थ मन्त्रालयले अमेरिकी वित्तीय प्रणालीबाट काट्ने तयारी गरेको एक अधिकारीले शुक्रबार पुष्टि गरेका छन् । यसले वासिङ्टनले इरानलाई आर्थिक रूपमा ‘घेरा हाल्ने’ प्रयासलाई अगाडि बढाएको देखाउँछ ।

यो कदमले इजिप्टको दोस्रो ठूलो बैङ्क ‘बाङ्क मिस्र’का यूएई शाखाहरूलाई असर गर्नेछ र तिनीहरूको अमेरिकी वित्तीय संस्थाहरूसँगको बैङ्किङ पहुँच अवरुद्ध गर्नेछ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले यस साता इरानको ‘आर्थिक सञ्चार रोक्ने’ योजना प्रस्तुत गर्नुभएको थियो । तेहरानविरुद्धको युद्ध सुरु भएको छ महिना बितिसक्दा यो अहिले गतिरोधको अवस्थामा छ ।

ट्रेजरी विभागको यो कारबाही एक महिनाको सार्वजनिक टिप्पणी अवधिपछि मात्र लागू हुनेछ । फाइनान्सियल टाइम्सले पहिलो पटक रिपोर्ट गरेको विज्ञप्तिमा बेसेन्टले भन्नुभएको छ, “वासिङ्टनले ‘इरानका सहयोगीहरूले अमेरिकी डलर र विश्वव्यापी वित्तीय प्रणालीको पहुँच निरन्तर उपभोग गर्न नसक्ने चेतावनी दिएको थियो ।”

“बाङ्क मिस्र, यूएई’ले कठिन तरिकाले थाहा पाउने निर्णय ग¥यो र आज हामी यसलाई इरानी शासनलाई निरन्तर, घोर समर्थन गरेबापत जवाफदेही बनाउने पहिलो कदम चालिरहेका छौँ,” उहाँले थप्नुभयो । फेब्रुअरीको अन्त्यतिर अमेरिका–इजरायलको इरानमाथि आक्रमणपछि तेहरानले हर्मुज जलडमरूमध्यमार्फत अधिकांश यातायात अवरुद्ध गरेर जवाफी कारबाही ग¥यो भने मध्यपूर्वलाई युद्धमा धकेल्यो ।

यो जलमार्ग विश्वव्यापी ऊर्जा यातायातको महत्त्वपूर्ण मार्ग हो, जसले विश्वव्यापी तेलको मूल्य आकाशिएको थियो । बेसेन्टले संयुक्त राज्य अमेरिकाले इरानविरुद्ध ‘इकोनोमिक डी–डे’ घोषणा गरेको बताउनुभयो र अभियानमा सामेल नहुने देशहरूका लागि कठोर परिणामको चेतावनी दिनुभयो ।

ट्रेजरी प्रमुखले यस साता भन्नुभएको थियो, “राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि विश्वका नेताहरूलाई तेहरानसँगको सम्बन्ध रोक्न आग्रह गर्दै सम्पर्क गरिरहेको छ ।” बेसेन्टले स्वयं अर्को साता नर्थ क्यारोलिनाको आशेभिलमा हुने वार्ताका क्रममा जी–२० का समकक्षीहरूलाई द्विपक्षीय बैठकमा यसबारे प्रत्यक्ष अपील गर्नुहुनेछ ।

शुक्रबारको यो प्रयासले ट्रम्प प्रशासनले ठूला लक्ष्यहरूमा निसाना लगाउन भोगिरहेका चुनौतीहरूलाई उजागर गरेको देखिन्छ । उदाहरणका लागि बेइजिङ इरानी तेलको महत्त्वपूर्ण खरिदकर्ता हो। युद्धअघि तेहरानले दैनिक लाखौँ ब्यारेल तेल निर्यात गथ्र्यो, जसमध्ये अधिकांश चीन जान्थ्यो ।

चीनका संस्थाहरूलाई निसाना बनाउने कदमले भने विश्व अर्थतन्त्रमा असर पार्न सक्ने र सेप्टेम्बरमा चिनियाँ राष्ट्रपति सी जिनपिङको अमेरिकी राजधानी भ्रमणअघि वासिङ्टन र बेइजिङबीचको सम्बन्धमा तनाव बढाउन सक्ने देखिएपछि अन्य लक्ष्य अमेरिकाले निर्धारण गरेको देखिन्छ । अर्थ मन्त्रालयले शुक्रबार इरानको बैङ्क मेल्लीको दुबई शाखाका प्रबन्धकलाई प्रतिबन्ध लगाउने र प्रतिबन्धित ‘इरानी एक्सचेन्ज हाउस’का लागि रकम चोख्याउन मद्दत गर्ने हङकङस्थित एक कम्पनी’ लाई पनि प्रतिबन्ध लगाउने घोषणा गरेको छ । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तातोपानी नाका तत्काल खुलाउन चीनसँग परराष्ट्रमन्त्री खनालको आग्रह
२०८३ मंग्सिर २, बुधबार
सभामुख अर्याल र चिनियाँ जनसंघका अध्यक्ष याङबीच शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर २, बुधबार
दानबहादुर कार्कीको रिटमा सर्वोच्चले बोलायो दुवै पक्ष, अन्तरिम आदेशबारे निर्णय हुने
२०८३ मंग्सिर २, बुधबार
त्रिवि पुनर्संरचनाअन्तर्गत पीएन क्याम्पसलाई स्वायत्त बनाउने गृहकार्य सुरु
२०८३ मंग्सिर २, बुधबार
मोरङमा निःशुल्क आँखा शिविर, ३ हजार ५०० को परीक्षण र २७५ जनाको मोतियाबिन्दुको शल्यक्रिया
२०८३ मंग्सिर २, बुधबार
एनपीएल इलिमिनेटरमा आज काठमाडौं र चितवन भिड्दै, विजेताले दोस्रो क्वालिफायर खेल्ने
२०८३ मंग्सिर २, बुधबार
नमोबुद्ध जात्रा : करुणा र देहत्यागको बौद्ध मान्यता जोडिएको ऐतिहासिक मेला
२०८३ मंग्सिर २, बुधबार