भाद्र १३, २०८३ शनिबार August 29, 2026

परराष्ट्रमन्त्री खनाल र चीनका विदेशमन्त्री वाङ यीबीच टेलिफोन संवाद

वास्तविक समयका जल तथा मौसमसम्बन्धी तथ्यांक आदानप्रदानलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १३ भदौः परराष्ट्रमन्त्री शिशिर खनाल र चीनका विदेशमन्त्री वाङ यीबीच शनिबार टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा दुवै नेताले रसुवा–जिलोङ बन्दरगाह क्षेत्रको विनाशकारी बाढीबाट दुवै देशमा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्नुभयो ।

दुवै नेताबीच बाढी प्रभावित क्षेत्रमा जारी खोज, उद्धार तथा राहत कार्यका विषयमा छलफल भयो। साथै, चीनमा बाढीका कारण अलपत्र परेका नेपाली नागरिकको स्वदेश फिर्ती तथा उद्धारका विषयमा समेत छलफल भएको थियो। परराष्ट्रमन्त्री खनालले विपद्को यस कठिन घडीमा चीन सरकारले उपलब्ध गराएको आकस्मिक मानवीय राहत तथा सहयोगप्रति चिनियाँ विदेशमन्त्री वाङमार्फत चीन सरकारलाई धन्यवाद व्यक्त गर्नुभयो।

वार्तामा नेपाल र चीनबीच वास्तविक समयका जल तथा मौसमसम्बन्धी तथ्यांक आदानप्रदानलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको थियो। दुवै पक्षले भविष्यमा यस्ता विपद्का जोखिम न्यूनीकरण गर्न प्रभावकारी पूर्वसूचना प्रणाली विकास तथा दुई देशबीचका विद्यमान संयन्त्रलाई थप सुदृढ गर्ने विषयमा सहकार्य बढाउनेमा जोड दिएका छन्। नेपाल र चीनबीच विपद् व्यवस्थापन, सूचना आदानप्रदान तथा पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउन निरन्तर समन्वय र सहकार्य गर्ने विषयमा दुवै पक्षबीच कुराकानी भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भोटेकोशी बाढीमा स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन
२०८३ भाद्र १३, शनिबार
परराष्ट्रमन्त्री खनाल र चीनका विदेशमन्त्री वाङ यीबीच टेलिफोन संवाद
२०८३ भाद्र १३, शनिबार
सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री
२०८३ भाद्र १३, शनिबार
नाइजेरियाको जेलमा रहेका पत्रकार १० महिनापछि रिहा
२०८३ भाद्र १३, शनिबार
आइएमई समूहद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ रु १० करोड सहयोग
२०८३ भाद्र १३, शनिबार
लोककल्याणकारी विज्ञापन कटौती फिर्ता लिन पत्रकार महासंघ काठमाडौंको माग
२०८३ भाद्र १३, शनिबार
इक्वेडरका पूर्वराष्ट्रपति लेनिन मोरेनोलाई भ्रष्टाचारको आरोपमा पाँच वर्षको जेल सजाय
२०८३ भाद्र १३, शनिबार