भाद्र १४, २०८३ आइतबार August 30, 2026

टनेलभित्र पुग्ने प्रयास जारी : मन्त्री श्रेष्ठ

टनेलमा फसेकाहरुको उद्धारको लागि शुक्रबारदेखि डेडिकेटेड हेलिकप्टर परिचालन गरेको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, भदौ १३ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले रसुवा बाढीबाट विभिन्न जलविद्युत आयोजनाको सुरुङमार्गमा फसेका मजदुर, कर्मचारी र स्थानीयको उद्धारको लागि उद्धार टोली आज साँझसम्म टनेलसम्म पुग्ने प्रयासमा रहेको बताउनु भएको छ।

टनेलभित्र फसेका व्यक्तिको परिवारसँग मन्त्रालयमा शनिबार भेट्दै मन्त्री श्रेष्ठले भन्नुभयो, ‘आज साँझसम्म टनेल भेट्न सक्ने सम्भावना छ ।’

मन्त्री श्रेष्ठले टनेलमा फसेकाहरुको उद्धारको लागि शुक्रबारदेखि डेडिकेटेड हेलिकप्टर परिचालन गरेको जानकारी गराउनुभयो । श्रेष्ठले राति पनि खोज तथा उद्धार र टनेलको मुहान खोल्न काम भइरहेको बताउनुभयो । ‘राति पनि काम रोकेका छैनौं । राति रोक्यो भने आसै मर्छ । जे जस्तो छ भेटाउन सकिन्छ भन्नका लागि बरु हाफ सिफ्ट गरेर हुन्छ कि पालो फेरेर हुन्छ कि निरन्तरता दिने प्रयास हामी गरिरहेका छौं’ -उहाँले भन्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
२०८३ भाद्र १४, आइतबार
भोटेकोशी बाढीपीडितका लागि शिक्षक-कर्मचारीले तहअनुसार आर्थिक सहयोग गर्ने
२०८३ भाद्र १४, आइतबार
‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो, अन्तिम संस्कार होइन’ – प्रजिअ अर्याल
२०८३ भाद्र १४, आइतबार
भोटेकोशी बाढीः दुई हजार ७४२ को उद्धार, ७८८ जनाको शव फेला
२०८३ भाद्र १४, आइतबार
बाढीपीडितका लागि चीनको करिब ३१ करोड सहयोग, राहत सामग्री पनि आउँदै
२०८३ भाद्र १४, आइतबार
प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन
२०८३ भाद्र १४, आइतबार
गोरखा कारागारमा स्वास्थ्य संकट, १० जनामा डेंगु र २० जनामा भाइरल ज्वरो
२०८३ भाद्र १४, आइतबार