भाद्र १४, २०८३ आइतबार August 30, 2026

चीनले नेपाललाई सहायता प्याकेज प्रस्ताव गरेको छ : विदेशमन्त्री वाङ

चीनले नेपाललाई पठायो सहायता प्याकेज प्रस्ताव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बेइजिङ, १४ भदौ (रासस/सिन्ह्वा): चीनका विदेशमन्त्री वाङ यीले उहाँका नेपाली समकक्षी शिशिर खनालसँग शनिबार टेलीफोनमार्फत् यही भदौ १० गते गएको भएको हिमस्खलन र यसले निम्त्याएको विपत्तिबारे कुराकानी गर्नुभएको चीनको विदेश मन्त्रालयले शनिबार जानकारी गराएको छ ।

हालै चीनको तिब्बत क्षेत्रमा गएको हिमपहिरो र त्यसका कारण नेपालमा भोटेकोशी र त्रिशुली नदीमा आएको बाढी र डुवानका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा व्यापक भौतिक तथा मानवीय क्षति पुगेको थियो ।

उहाँले ‘चीन र नेपालबीचको केरूङ–रसुवा सीमा नाका क्षेत्रमा हालै गम्भीर विपद् आएको, जसले ठूलो जनधनको क्षति पुर्‍याएको, मानिसहरू बेपत्ता भएका र भौतिक सम्पत्तिको क्षति भएकोमा नेपाल र नेपाली जनतालाई परेको पिडाबारे गहन कुराकानी भएको बताइएको छ ।

उहाँले चीनले नेपाललाई सहायता प्याकेज प्रस्ताव गरेको पनि बताउनुभएको छ।

चिनियाँ विदेशमन्त्री वाङले भन्नुभयो, “हामीले नेपाललाई सहायता प्याकेज प्रस्ताव गरेका छौँ । यो छिट्टै कार्यान्वयन हुनेछ ।”

नेपाललाई दिइने चीनको सहायता प्याकेज कार्यान्वयन भइरहेको र यसमा आपत्कालीन नगद सहायता र मानवीय सहायता समावेश रहने विदेश मन्त्रालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया