भाद्र १४, २०८३ आइतबार August 30, 2026

भोटेकोशी बाढीमा रेडक्रसको सक्रियता, थप सहयोग गर्ने सरकारको प्रतिबद्धता

भोटेकोशी बाढीमा रेडक्रसको व्यापक प्रतिकार्य, ५ हजार स्वयंसेवक परिचालित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कामठाडौँ, भदौ १४ गते । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको अवलोकन भ्रमण गरी विपतमा सोसाईटीले देखाएको प्रतिकार्यप्रति चासो देखाउनुभएको छ ।

उहाँले छलफल कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीले रसुवाको भोटेकोसी खोलामा आएको विपतपछि आफ्नो कर्मचारी तथा स्वयंसेवक परिचालन गरी घटना स्थलमा गरेको प्रतिकार्यप्रति धन्यवाद व्यक्त गर्नुभएको हो । सो अवसरमा उहाँले बाढी प्रभावित क्षेत्रका व्यक्तिका लागि थप सहयोग उपलब्ध गर्न नेपाल सरकार रेडक्रससँगै सहकार्य गर्ने प्रतिवद्धतासमेत व्यक्त गर्नुभयो ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णबहादुर राउतले सरकारले महिला तथा बालबालिका, जेष्ठ नागरिक र सामाजिक सुरक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेकाले रेडक्रसले पनि उक्त क्षेत्रलगायत प्रभावितलाई मनोसामाजिक परामर्श, पारिवारिक पुनस्र्थापना जस्ता सेवालाई थप प्राथमिकता दिन आग्रह गर्नुभयो ।

नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा.विशालकुमार भण्डारीले छलफलका क्रममा रसुवामा आएको विनाशकारी बाढी पछि प्रभावित क्षेत्रमा स्थलगत भ्रमणका क्रममा स्वयम्ले प्रत्यक्ष देखेको र अनुभव गरेको आधारमा नेरेसोले तत्काल गरेको प्रतिकार्यबारेमा जानकारी गराउनुभएको थियो ।

उहाँले सरकारले छुट्टाएको क्लस्टर अनुसार नै क्लस्टर विभाजन गरी महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकतामा राखेर सेवा पुर्याइरहेको जानकारी गराउनुभयो । अध्यक्ष डा.भण्डारीले विपद्को यो घडीमा अहोरात्र खटिनुभएका नेपाल रेडक्रसका स्वयंसेवक तथा कर्मचारीप्रति उच्च सम्मान व्यक्त गर्नुभयो । नेपाल रेडक्रस सोसाइटीका महामन्त्री ऋषिरमण खनालले नेपाल रेडक्रस सोसाइटीले नेपाल सरकारको सहयोगी संस्थाको रूपमा मानवीय सेवा पुर्याउँदै आएको बताउनुभयो ।

उहाँले भोटेकोसी बाढी प्रभावितको सहयोगका लागि सरकार, रेडक्रसका अन्तर्राष्ट्रिय संस्था (आइएफआरसी, आइसीआरसी)सँगको साझेदारीमा सोसाइटीले सरोकारवाला सबै निकायसँगको सहकार्य गरिरहेको जानकारी दिनुुभयो । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) का नेपाल प्रमुख डेभिड फिसरले बाढी प्रतिकार्यमा राहत तथा उद्धारका लागि नेपाल सरकारले गरिरहेको उत्कृष्ट कार्यको प्रशंसा गर्र्दै नेपाल रेडक्रसले मानवीय सेवाका क्षेत्रमा पुर्याइरहेको सहयोग प्रति आभार व्यक्त गर्नुभयो ।

उहाँले चाइना रेडक्रस सोसाइटी सहयोगका लागि तयार रहेको र अन्य अन्तर्राष्ट्रिय सहयोग पनि प्राप्त भइरहेको जानकारी गराउनुभयो । विपदको यो समयमा आइएफआरसीले नेपाल रेडक्रससँगै सहकार्य गरिरहेको र बाढी प्रतिकार्यका लागि थप सहयोग रकम जुटाउन विश्व समुदायसँग अपिलसमेत गरिरहेको बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटीको सहयोग

नेपाल रेडक्रस सोसाइटीले भोटेकोसी बाढी प्रभावित क्षेत्रमा हालसम्म त्रिपाल दुई हजार थान, कम्बल एक हजार थान, म्याट्रेस एक हजार थान, डोरी छ सय थान, मर्यादित स्वच्छता (महिनावारी हुँदा प्रयोग गर्नेलगायतका) सामग्री पाँच हजार किट, शव व्यवस्थापन व्याग एक हजार ७९० थान सहयोग गरिसकेको छ ।

त्यसैगरी, प्राथमिक उपचार बाकस ५५, स्ट्रेचर ५० वटा, टेण्ट १५ वटा, आपतकालीन शौचालय ५० थानलगायतका सामग्री उपलव्ध गराएको छ । रेडक्रसले पाँच हजार जना भन्दा बढी स्वयंसेवक परिचालन गरी खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, अस्थायी बास स्थान, खाना वितरणलगायतका कार्य गरिरहेको जानकारी गराएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ऊर्जामन्त्री श्रेष्ठसँग विभाग र केन्द्रका अधिकारीको छलफल
२०८३ भाद्र १४, आइतबार
किएभनजिकै रुसी ड्रोन आक्रमणमा ३७ जनाको मृत्यु
२०८३ भाद्र १४, आइतबार
रास्वपा सभापति रवि लामिछाने र मुख्यमन्त्री थापाबीच भेटवार्ता
२०८३ भाद्र १४, आइतबार
काँग्रेस संसदीय दलको बैठक सोमबार बस्ने
२०८३ भाद्र १४, आइतबार
देशभर मनसुनी वायुको प्रभाव : दुई प्रदेशमा भारी वर्षाको सम्भावना
२०८३ भाद्र १४, आइतबार
भोटेकोशी बाढी : ट्रमा सेन्टरमा १७ जनाको उपचार जारी
२०८३ भाद्र १४, आइतबार
आवश्यकता अनुसार अन्तर्राष्ट्रिय समुदायबाट सहयोग लिइरहेका छौँः परराष्ट्र सचिव राई
२०८३ भाद्र १४, आइतबार