भाद्र १४, २०८३ आइतबार August 30, 2026

प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

स्थानीय तहलाई जिम्मेवारी दिने कुरामा ध्यान दिनुपर्ने भन्दै पीडितसम्म तत्कालै राहत पुर्‍याउन आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

ललितपुर, भदौ १४ गते । नेपाली कांग्रेसले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा एक करोड रुपियाँ जम्मा गर्ने भएको छ ।

पार्टीको केन्द्रीय कार्यालयमा आइतबार बसेको बैठकबारे जानकारी दिँदै प्रवक्ता देवराज चालिसेले एक करोड रुपियाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

“सरकारले राहत तथा उद्धारका कार्यलाई तीव्रता दिनु आवश्यक छ, सुरुङमा फसेका नागरिकको उद्धारका लागि चाँडोभन्दा चाँडो प्रयास गर्दै तीव्रता दिनुपर्ने आवश्यकता छ, खोज तथा उद्धार परिणाममा केन्द्रीत हुनुपर्छ, हाम्रो क्षमताले भ्याएन भने अन्तरराष्ट्रियस्तरका विज्ञहरूको पनि सहयोग लिनुपर्छ”, उहाँले भन्नुभयो ।

प्रवक्ता चालिसेले पीडितलाई दिने राहतलाई प्रभावकारी बनाउन स्थानीय तहलाई जिम्मेवारी दिने कुरामा ध्यान दिनुपर्ने भन्दै पीडितसम्म तत्कालै राहत पुर्‍याउन आग्रह गर्नुभयो ।

उहाँले विभिन्न जिल्लाका नागरिक पनि पर्यटन र व्यावसायिक सिलसिलामा रसुवा र नुवाकोट पुगेको समयमा बाढीबाट पीडित हुन पुगेको बताउँदै तिनको पनि खोजविन र सुरक्षाका लागि ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ऊर्जामन्त्री श्रेष्ठसँग विभाग र केन्द्रका अधिकारीको छलफल
२०८३ भाद्र १४, आइतबार
किएभनजिकै रुसी ड्रोन आक्रमणमा ३७ जनाको मृत्यु
२०८३ भाद्र १४, आइतबार
रास्वपा सभापति रवि लामिछाने र मुख्यमन्त्री थापाबीच भेटवार्ता
२०८३ भाद्र १४, आइतबार
काँग्रेस संसदीय दलको बैठक सोमबार बस्ने
२०८३ भाद्र १४, आइतबार
देशभर मनसुनी वायुको प्रभाव : दुई प्रदेशमा भारी वर्षाको सम्भावना
२०८३ भाद्र १४, आइतबार
भोटेकोशी बाढी : ट्रमा सेन्टरमा १७ जनाको उपचार जारी
२०८३ भाद्र १४, आइतबार
आवश्यकता अनुसार अन्तर्राष्ट्रिय समुदायबाट सहयोग लिइरहेका छौँः परराष्ट्र सचिव राई
२०८३ भाद्र १४, आइतबार