भाद्र १४, २०८३ आइतबार August 30, 2026

ऊर्जामन्त्री श्रेष्ठसँग विभाग र केन्द्रका अधिकारीको छलफल

सम्भावित क्षति न्यूनीकरणमा सबै निकायबीच निरन्तर समन्वय आवश्यक रहेकोमा समेत जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, भदौ १४ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले रसुवा र नुवाकोटसहित देशका विभिन्न क्षेत्रमा देखिएको पछिल्लो मौसम तथा बाढीको सम्भावित जोखिमबारे जल तथा मौसम विज्ञान विभाग र जल विज्ञान तथा स्रोत अनुसन्धान केन्द्रका अधिकारीसँग छलफल गर्नुभएको छ।

छलफलका क्रममा मन्त्री श्रेष्ठले विशेषगरी रसुवा र नुवाकोट क्षेत्रमा मौसमको वर्तमान अवस्था, वर्षाको सम्भावना, नदी तथा खोलानालाको जलस्तर र बाढीको पूर्वानुमानबारे जानकारी लिनुभएको थियो। जोखिमयुक्त क्षेत्रमा जारी उद्धार तथा राहत कार्यलाई मौसमको अवस्थाअनुसार थप सुरक्षित र प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने विषयमा समेत उहाँले अधिकारीहरूसँग परामर्श गर्नुभएको थियो।

मौसम तथा जलविज्ञानसम्बन्धी अधिकारीहरूले तत्काल ठूलो जोखिमको अवस्था नरहे पनि जोखिम पूर्ण रूपमा टरिनसकेको भन्दै उद्धार कार्यमा उच्च सतर्कता अपनाउन सुझाव दिनुभएको छ। मौसममा हुन सक्ने आकस्मिक परिवर्तनलाई निरन्तर निगरानीमा राख्दै पूर्वसूचनाका आधारमा उद्धार तथा अन्य मानवीय गतिविधि सञ्चालन गर्नुपर्ने उहाँहरूको भनाइ छ।

अधिकारीले आफूहरू उच्च सतर्कतामा रहेर मौसम, वर्षा र नदीको जलस्तरसम्बन्धी तथ्यांक निरन्तर विश्लेषण गरिरहेको जानकारी मन्त्री श्रेष्ठलाई दिनुभएको छ। सम्भावित जोखिम न्यूनीकरणका लागि तल्लो तटीय तथा संवेदनशील क्षेत्रमा बसोबास गर्ने नागरिकलाई समयमै सूचना प्रवाह गर्ने कामसमेत भइरहेको उहाँहरूले बताउनु भएको छ।

मन्त्री श्रेष्ठले मौसम तथा जलविज्ञानसम्बन्धी पूर्वसूचनालाई उद्धार र जोखिम व्यवस्थापनसँग प्रभावकारी रूपमा जोड्दै सम्भावित क्षति न्यूनीकरणमा सबै निकायबीच निरन्तर समन्वय आवश्यक रहेकोमा समेत जोड दिनुभएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
२०८३ भाद्र १४, आइतबार
भोटेकोशी बाढीपीडितका लागि शिक्षक-कर्मचारीले तहअनुसार आर्थिक सहयोग गर्ने
२०८३ भाद्र १४, आइतबार
‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो, अन्तिम संस्कार होइन’ – प्रजिअ अर्याल
२०८३ भाद्र १४, आइतबार
भोटेकोशी बाढीः दुई हजार ७४२ को उद्धार, ७८८ जनाको शव फेला
२०८३ भाद्र १४, आइतबार
बाढीपीडितका लागि चीनको करिब ३१ करोड सहयोग, राहत सामग्री पनि आउँदै
२०८३ भाद्र १४, आइतबार
प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन
२०८३ भाद्र १४, आइतबार
गोरखा कारागारमा स्वास्थ्य संकट, १० जनामा डेंगु र २० जनामा भाइरल ज्वरो
२०८३ भाद्र १४, आइतबार