भाद्र १४, २०८३ आइतबार August 30, 2026

किएभनजिकै रुसी ड्रोन आक्रमणमा ३७ जनाको मृत्यु

आक्रमणपछि भएको विस्फोट तथा आगलागीले आसपासका दर्जनौँ घरमा क्षति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, १४ भदौ  । युक्रेनको राजधानी किएभनजिकै रहेको एक गोदाममा रुसी ड्रोन आक्रमण हुँदा ३७ जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले बताएका छन् । गोदाममा गोलाबारुद तथा बारुदी सुरुङ भण्डारण गरिएको र आक्रमणपछि भएको विस्फोट तथा आगलागीले आसपासका दर्जनौँ घरमा क्षति पुगेको उनीहरूको भनाइ छ ।

बुचा जिल्लाको माइला गाउँमा शुक्रबार राति भएको आक्रमण यस वर्ष युक्रेनमा भएको सबैभन्दा घातक रुसी आक्रमण बनेको छ । स्थानीय क्षेत्रीय सैन्य प्रशासनका प्रमुख टिमुर टकाचेन्कोका अनुसार आगलागीका कारण कम्तीमा ५० आवासीय भवनमा क्षति पुगेको छ । मृत्यु हुनेमा ३४ जना वृद्ध तथा अपाङ्गता भएका व्यक्तिको स्याहार केन्द्रका बासिन्दा रहेको उनले बताए । घटनापछि ३७० भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मानिसको बस्ती नजिकै गोलाबारुद भण्डारण गरिएको विषयमा प्रश्न उठाउँदै घटनालाई ‘भयानक लापरबाही’ भनेको छ । उनले घटनाबारे आपराधिक अनुसन्धान सुरु गरिएको र दोषीलाई जवाफदेही बनाइने बताएको छ ।

रुसको रक्षा मन्त्रालयले भने उक्त गोदाममा लामो दूरीका ड्रोनका लागि आवश्यक सामग्री तथा प्रक्षेपण उपकरण भण्डारण गरिएको भन्दै त्यही संरचनालाई लक्षित गरी आक्रमण गरिएको जनाएको छ ।

यसैबीच, दक्षिणी खेरसन क्षेत्रमा रुसी आक्रमणबाट दुई जनाको मृत्यु हुनुका साथै एक बालबालिकासहित २७ जना घाइते भएको क्षेत्रीय अधिकारीहरूले बताएका छन् ।

युक्रेनले पछिल्ला महिनामा रुसी सैन्य उद्योग तथा ऊर्जा पूर्वाधारलाई लक्षित गरी लामो दूरीका ड्रोन आक्रमण बढाएको छ । राष्ट्रपति जेलेन्स्कीले यस्ता आक्रमणका लागि दैनिक एक हजारसम्म ड्रोन प्रयोग गर्ने लक्ष्य रहेको बताएको छ ।

रुसको रक्षा मन्त्रालयका अनुसार शनिबार राति उसले युक्रेनबाट प्रहार गरिएका ३१३ ड्रोन नष्ट गरेको छ । युक्रेनी ड्रोन आक्रमणमा रुसको रोस्तोभ क्षेत्रमा ११ जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
२०८३ भाद्र १४, आइतबार
भोटेकोशी बाढीपीडितका लागि शिक्षक-कर्मचारीले तहअनुसार आर्थिक सहयोग गर्ने
२०८३ भाद्र १४, आइतबार
‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो, अन्तिम संस्कार होइन’ – प्रजिअ अर्याल
२०८३ भाद्र १४, आइतबार
भोटेकोशी बाढीः दुई हजार ७४२ को उद्धार, ७८८ जनाको शव फेला
२०८३ भाद्र १४, आइतबार
बाढीपीडितका लागि चीनको करिब ३१ करोड सहयोग, राहत सामग्री पनि आउँदै
२०८३ भाद्र १४, आइतबार
प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन
२०८३ भाद्र १४, आइतबार
गोरखा कारागारमा स्वास्थ्य संकट, १० जनामा डेंगु र २० जनामा भाइरल ज्वरो
२०८३ भाद्र १४, आइतबार