भाद्र १५, २०८३ सोमबार August 31, 2026

भोटेकोशी बाढीमा लायन्सको मानवीय साथ, सरकारलाई एक करोड एक लाख हस्तान्तरण

विपदमा सरकारसँग लायन्सको हातेमालो, बाढीपीडितलाई सहयोग गर्न डिष्ट्रिक्ट ३२५ के नेपालको गर्भनर सहितको टोली नुवाकोटमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, साउन १५ । रसुवाको भोटेकोमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सरकारसँग हातेमालो गर्दै लायन्स अन्तराष्ट्रिय मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालले एक करोडभन्दा बढी रुपैयाँ सहयोग गरेको छ। लायन्स इन्टरनेसनल डाइरेक्टर राजन लम्सालको नेतृत्वमा गएको टोली अर्थमन्त्री डा. स्वर्णिम वाग्ले मार्फत नेपाल सरकारलाई रु. १ करोड १ लाख ११ हजार १ सय ११ आर्थिक सहयोग हस्तान्तरण गरेको हो।

May be an image of one or more people, lighting, indoors and text‘मानवताका लागि एकता’ र ‘सरकारसँग हातेमालो गर्दै, सहयोगी हातहरू’ भन्ने मूल नाराका साथ आयोजित विशेष कार्यक्रममा उक्त रकम सरकारलाई हस्तान्तरण गरिएको हो। विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि राज्यसँग सहकार्य गर्दै लायन्स परिवारले आफ्नो मानवीय तथा सामाजिक उत्तरदायित्व निर्वाह गरेको छ। लायन्सले राष्ट्रिय विपद्का हरेक कठिन परिस्थितिमा सरकारसँग सहकार्य गर्दै आएको र आगामी दिनमा पनि राहत तथा कल्याणकारी अभियानलाई निरन्तरता दिने प्रतिबद्धता समेत जनाएको छ।

सहयोग हस्तान्तरण कार्यक्रममा लायन्स इन्टरनेसनल डाइरेक्टर राजन लम्साल, पूर्वअन्तराष्ट्रिय निर्देशकद्वय बालकृष्ण बुर्लाकोटी र सञ्जय खेतान, GAT एरिया लिडर शम्भु घिमिरे, LCIF एरिया लिडर अरुण प्रताप राणा, मल्टिपल काउन्सिल चियरपर्सन केशर भण्डारी, भाइस काउन्सिल चियरपर्सन सन्दीप कसौधन, प्रवक्ता तारा भुषाल, ट्रेजरर श्यामप्रसाद यादव, मल्टिपल जोइन्ट सेक्रेटरी उद्वव सिलवाललगायत लायन्सका उच्च पदाधिकारीहरूको उपस्थिति थियो। कार्यक्रममा मल्टिपल सेक्रेटरी तथा डिष्ट्रिक्ट ३२५ एमका गभर्नर रत्न पराजुली, डिष्ट्रिक्ट ३२५ के नेपालका गभर्नर रमेश अधिकारीसहित १५ वटै डिष्ट्रिक्टका गभर्नरहरूको समेत सहभागिता रहेको थियो।

May be an image of one or more peopleलायन्सका अनुसार यो सहयोग केवल राहत रकम हस्तान्तरणमा सीमित नरही विपदमा परेका नागरिकको जीवन पुनः सामान्य बनाउन सरकारसँग सहकार्य गर्ने प्रतिबद्धताको निरन्तरता हो। बाढीबाट घरबार, परिवार तथा जीविकोपार्जन गुमाएका नागरिकसम्म राहत पुर्‍याउन राज्यका संयन्त्रसँग समन्वय गरी आवश्यक सहयोग गर्न लायन्स परिवार तयार रहेको जनाएको छ।

May be an image of one or more people and text यसैबीच लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ के नेपालका गभर्नर रमेश अधिकारीको नेतृत्वमा प्रथम भाइस डिस्ट्रिक्ट गर्भनर बिष्णुहरी फुँयाल द्धितिय भाइस डिस्ट्रिक्ट गर्भनर हसन कुमार गोपाली सहित उक्त डिस्ट्रिक्टका नेताहरुले नुवाकोटको बाढी प्रभावित बेलकोटगढी नगरपालिकाको ७ र ८ नम्बर वडामा स्थानीय तहको समन्वयमा बिस्थापित परिवारलाइ लक्षित गरी आवश्यक पर्ने खाद्यान्न र लत्ताकपडा बितरण गरेको छ ।

May be an image of one or more people, temple and text

May be an image of one or more people and text

May be an image of one or more people and text

May be an image of one or more people and text

May be an image of one or more people, crowd and text that says '0 FIPIH SESOFEA P180 អ់ MANAMAIJU WE SERVE TINP M 0 Lions International oMии UMANITARIAN SUPPORT PROS Community RASUWAFLOOD! FLOODINA support BHOTEKOSHI, Devastated RASUWA OrganizedBy: .+325K'

May be an image of one or more people, tree and text

May be an image of one or more people

May be an image of text

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया