भाद्र १६, २०८३ मंगलबार September 1, 2026

तातोपानी नाका अनिश्चितकालका लागि बन्द

नेपाल-चीन व्यापारका लागि मुस्ताङको कोरला नाका प्रमुख विकल्पका रूपमा बाँकी रहेको छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । बाढी र पहिरोको जोखिम बढेपछि चीनले नेपालसँगको प्रमुख व्यापारिक स्थलमार्ग तातोपानी नाका अनिश्चितकालका लागि बन्द गरेको छ। रसुवागढी नाका विनाशकारी बाढीका कारण ठप्प रहेकै अवस्थामा तातोपानीसमेत बन्द भएपछि नेपाल-चीन स्थल व्यापारमा थप समस्या देखिएको छ। तातोपानी नाकातर्फ जाने लिपिङ क्षेत्रमा पहिरोको जोखिम कायमै रहेकाले चिनियाँ पक्षले व्यापारिक गतिविधि तत्काल सुचारु नगर्ने जनाइएको छ। पछिल्लो समय लगातारको वर्षाका कारण उक्त क्षेत्रमा सडक भासिने तथा पहिरो जाने समस्या दोहोरिँदै आएको छ।

यसअघि नै भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवागढी नाकाको टिमुरे क्षेत्र, भन्सार तथा अध्यागमनसम्बन्धी संरचनामा ठूलो क्षति पुर्‍याएको छ। सीमा क्षेत्रमा भएको क्षति र जोखिमका कारण रसुवागढीबाट हुने नियमित व्यापारिक गतिविधि पनि प्रभावित बनेको छ। ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी निरौलाका अनुसार लिपिङ क्षेत्रमा पहिरोको जोखिम स्थिर नभएसम्म चिनियाँ पक्षबाट व्यापारिक गतिविधि सञ्चालन गर्ने सम्भावना न्यून छ। यद्यपि, यात्रुहरूको आवतजावत भने जारी रहने जनाइएको छ।

रसुवागढी र तातोपानी दुवै नाका बन्द भएपछि अहिले नेपाल-चीन व्यापारका लागि मुस्ताङको कोरला नाका प्रमुख विकल्पका रूपमा बाँकी रहेको छ। तातोपानी नाका पटक-पटक बाढी, पहिरो र सडक भासिने समस्याबाट प्रभावित हुँदै आएको छ। सडकको कमजोर अवस्था तथा भोटेकोशी नदीको कटानका कारण वर्षायाममा नाका सञ्चालनमा समस्या दोहोरिने गरेको छ। यसले चीनबाट सामान आयात गर्ने व्यवसायी तथा ढुवानी व्यवसायमा प्रत्यक्ष असर पार्दै आएको छ। रसुवागढी र तातोपानी दुवै प्रमुख नाका प्रभावित भएपछि चीनबाट नेपालमा हुने आयातका लागि वैकल्पिक मार्गमा निर्भर हुनुपर्ने अवस्था आएको छ। लामो समयसम्म नाका बन्द रहेमा सीमामा रोकिएका कन्टेनर, आयातित वस्तु तथा व्यवसायीको लागतमा समेत थप दबाब पर्न सक्ने देखिन्छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भोटेकोशी बाढी अपडेट : हालसम्म १ हजार ५६ जनाको शव फेला
२०८३ भाद्र १६, मंगलबार
नेप्से परिसुचक सामान्य अंकले बढ्यो, कारोबार रकम २ अर्ब ९० करोडमा सीमित
२०८३ भाद्र १६, मंगलबार
तातोपानी नाका अनिश्चितकालका लागि बन्द
२०८३ भाद्र १६, मंगलबार
सर्वदलीय बैठक सिंहदरबारमा सुरु
२०८३ भाद्र १६, मंगलबार
भोटेकोशी बाढी: चार हजार २७० जनाको उद्धार, चार हजार ५९९ अझै बेपत्ता
२०८३ भाद्र १६, मंगलबार
प्रादेशिक अस्पतालको सेवा प्रवाह प्रभावकारी बनाउन मुख्यमन्त्री भट्टको निर्देशन
२०८३ भाद्र १६, मंगलबार
भेनेजुएलाका पूर्वराष्ट्रपति मादुरोको अमेरिकी हिरासतबाट पहिलो तस्बिर सार्वजनिक
२०८३ भाद्र १६, मंगलबार