भाद्र १६, २०८३ मंगलबार September 1, 2026

भोटेकोशी बाढी अपडेट : हालसम्म १ हजार ५६ जनाको शव फेला

३ हजार ४ सय ५३ जना व्यक्तिहरूलाई विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार दिउँसो १४:०० बजे सम्म १ हजार ५६ जनाको शव फेला परेको छ ।

जसमध्ये रसुवामा ३८ जना, नुवाकोटमा १ सय ५१ जना, धादिङमा ५७ जना, चितवनमा ३ सय २१ जना, गोरखामा ६५ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय १६ जना, नवलपरासी पश्‍चिम १ सय ६५ जना र भारतमा ५ जना गरी १ हजार ५६ जनाको शव फेला परेको हो । फेला परेको शवहरू मध्ये ९ सय ७२ को लाशजाँच मुचुल्का सम्पन्न भएको छ भने ५८ वटा शव आफन्तलाई हस्तान्तरण गरिएको छ ।

फेला परेका शवहरूको पहिचानका लागि डीएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ सय २१ महिला, १ सय ९८ पुरूष र ३ सय ६५ नखुलेको गरी जम्मा ६ सय ८४ वटा शव व्यवस्थापन (माटो मुनि गाडिएको) गरिएको छ । साथै पहिचान नभएको ८ सय ६९ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ ।

बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय १२ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ । बाढी प्रभावित क्षेत्रहरूबाट ४ हजार ५ सय ३० जनाको उद्दार गरिएको छ भने हालसम्म बेपत्ता भएका ४ हजार ६ सय ६ जनाको खोजी कार्य भइरहेको छ ।

विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा ३ हजार ४ सय ५३ जना व्यक्तिहरूलाई राखिएको छ । जसमध्ये नुवाकोटमा २ हजार ४ सय ६६ जना, धादिङमा २ सय ६० जना, रसुवामा ३ सय ९८ जना र काठमाडौंमा ३ सय २९ जना रहेका छन् ।

प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्दार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
त्रिवि शिक्षण अस्पतालमा २७ जना उपचाररत, ३९ डिस्चार्ज
२०८३ भाद्र १६, मंगलबार
बाढीबाट प्रभावित नेपाल टेलिकमका ११३ साइट पुनः सञ्चालनमा
२०८३ भाद्र १६, मंगलबार
एभरेस्ट महिला भलिबल लिगको तेस्रो संस्करण स्थगित
२०८३ भाद्र १६, मंगलबार
सर्वदलीय बैठकः भोटेकोशी बाढी सामना गर्न केन्द्रदेखि स्थानीय तहसम्म सर्वदलीय संयन्त्र बनाउन सहमति
२०८३ भाद्र १६, मंगलबार
सबैको अपनत्व हुनेगरी शिक्षा ऐन चाँडै ल्याउँछौँ : शिक्षामन्त्री पोखरेल
२०८३ भाद्र १६, मंगलबार
विपद् प्रभावितका लागि सभामुख अर्यालको एक महिनाको पारिश्रमिक सहयोग दिने घोषणा
२०८३ भाद्र १६, मंगलबार
त्रिविसहित ६ वटै विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त
२०८३ भाद्र १६, मंगलबार