भाद्र १६, २०८३ मंगलबार September 1, 2026

पत्रकार थापाविरुद्ध फौजदारी कारबाही प्रक्रिया अघि बढाइएको भन्दै महासंघको आपत्ति

रकम अन्य खातामा जम्मा भएको विषय उठाउँदा पत्रकार थापाविरुद्ध फौजदारी निवेदन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

लमजुङ, १६ भदौ । लमजुङस्थित रेडियो भोटेवडारका पत्रकार बासुदेव थापाविरुद्ध फौजदारी कारबाहीका लागि निवेदन दर्ता गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण जनाएको छ ।

नेपाल पत्रकार महासंघ लमजुङ शाखाका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने क्रममा प्राविधिक त्रुटिका कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को खातामा रकम जम्मा भएको विषय उठान गरेपछि रास्वपा लमजुङले प्रमुख जिल्ला अधिकारीमार्फत पत्रकार थापाविरुद्ध फौजदारी कारबाही प्रक्रिया अगाडि बढाएको हो ।

महासंघले रकम अन्य खातामा जम्मा भएको विषयमा आवश्यक छानबिन गरी सत्यतथ्य बाहिर ल्याउनुको साटो पत्रकारमाथि फौजदारी कारबाहीको प्रक्रिया अघि बढाइनु आपत्तिजनक भएको जनाएको छ ।

महासंघका महासचिव रामप्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा पत्रकारमाथि अपनाइएको उक्त शैलीको निन्दा गर्दै घटनाको आवश्यक छानबिन गर्न सम्बन्धित पक्षसँग माग गरिएको छ ।

महासंघले पत्रकार थापामाथि लगाइएको आरोप फिर्ता लिन तथा प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ । साथै, पत्रकारले सार्वजनिक चासो र सरोकारका विषयमा प्रश्न उठाउँदा त्यसलाई प्रतिशोधको माध्यम नबनाउन पनि महासंघले सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ।

May be an image of text

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
त्रिवि शिक्षण अस्पतालमा २७ जना उपचाररत, ३९ डिस्चार्ज
२०८३ भाद्र १६, मंगलबार
बाढीबाट प्रभावित नेपाल टेलिकमका ११३ साइट पुनः सञ्चालनमा
२०८३ भाद्र १६, मंगलबार
एभरेस्ट महिला भलिबल लिगको तेस्रो संस्करण स्थगित
२०८३ भाद्र १६, मंगलबार
सर्वदलीय बैठकः भोटेकोशी बाढी सामना गर्न केन्द्रदेखि स्थानीय तहसम्म सर्वदलीय संयन्त्र बनाउन सहमति
२०८३ भाद्र १६, मंगलबार
सबैको अपनत्व हुनेगरी शिक्षा ऐन चाँडै ल्याउँछौँ : शिक्षामन्त्री पोखरेल
२०८३ भाद्र १६, मंगलबार
विपद् प्रभावितका लागि सभामुख अर्यालको एक महिनाको पारिश्रमिक सहयोग दिने घोषणा
२०८३ भाद्र १६, मंगलबार
त्रिविसहित ६ वटै विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त
२०८३ भाद्र १६, मंगलबार