मंग्सिर २, २०८३ बुधबार November 18, 2026

रूस–युक्रेन युद्धका कारण हवाई सुरक्षामा चुनौती बढ्न सक्ने : जेलेन्स्की

रूस र युक्रेनबीच पछिल्ला महिनाहरूमा लामो दूरीका क्षेप्यास्त्र तथा ड्रोन आक्रमण तीव्र

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध जारी रहेसम्म युक्रेनी ड्रोन गतिविधिका कारण रूसको हवाई क्षेत्र नागरिक उड्डयनका लागि असुरक्षित बन्न सक्ने बताउनुभएको छ ।

मंगलबार राति राष्ट्रका नाममा सम्बोधन गर्दै जेलेन्स्कीले रूसको हवाई क्षेत्र प्रयोग गर्ने एयरलाइन्स, बीमा कम्पनी तथा प्रमुख विमानस्थल सञ्चालनसँग सम्बन्धित पक्षहरूलाई सम्भावित जोखिमप्रति सचेत रहन आग्रह गर्नुभयो ।
उहाँले युक्रेनले नागरिक विमानलाई लक्षित नगर्ने स्पष्ट पार्दै रुसी आकाशमा ड्रोन गतिविधि बढ्न सक्ने भएकाले नागरिक उड्डयनमा त्यसको प्रभाव पर्न सक्ने बताउनुभयो ।

पछिल्ला महिनाहरूमा युक्रेनी ड्रोनको गतिविधिका कारण रूसका विभिन्न विमानस्थलमा हवाई सेवा पटक–पटक प्रभावित हुँदै आएको छ । जेलेन्स्कीले युद्ध जारी रहेसम्म यस्तो जोखिम कायम रहन सक्ने बताउनुभयो ।

जेलेन्स्कीको भनाइप्रति रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आपत्ति जनाउँदै त्यसलाई ‘राज्य आतंकवादको घोषणा’का रूपमा व्याख्या गर्नुभएको छ । उहाँले युक्रेनसँग वार्ताका लागि प्रयास भइरहे पनि यस्तो परिस्थितिमा वार्ता अघि बढाउन कठिन हुने संकेत गर्नुभयो ।

यसैबीच, रूस र युक्रेनबीच पछिल्ला महिनाहरूमा लामो दूरीका क्षेप्यास्त्र तथा ड्रोन आक्रमण तीव्र भएका छन् । पछिल्लो रुसी क्षेप्यास्त्र तथा ड्रोन आक्रमणमा किभ र आसपासका क्षेत्रमा कम्तीमा १२ जनाको मृत्यु भएको बताइएको छ ।

रूसले ब्यालिस्टिक क्षेप्यास्त्रको प्रयोग बढाउँदै आएको छ भने युक्रेनले हवाई प्रतिरक्षाका लागि आवश्यक सामग्रीको अभाव सामना गरिरहेको जनाएको छ । त्यसको प्रतिक्रियास्वरूप युक्रेनले रूसभित्रका पूर्वाधार, बन्दरगाह तथा अन्य संरचनालाई लक्षित गर्दै ड्रोन आक्रमण बढाएको छ ।

राष्ट्रपति पुटिनले युक्रेनी आक्रमणका कारण रूसका केही नागरिक पूर्वाधार तथा तेल प्रशोधन केन्द्रमा क्षति पुगेको स्वीकार गर्नुभयो । यद्यपि, उहाँले रुसी सेनाले युद्धको अग्रभागमा आफ्नो सैन्य गतिविधिको गति बढाइरहेको दाबी गर्नुभएको छ ।

यता, जेलेन्स्कीले कूटनीतिक पहललाई सहयोग पु¥याउन आवश्यक परे निश्चित समय र क्षेत्रमा ड्रोन गतिविधि रोक्न सकिने संकेत गर्नुभयो । रूस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिकाको मध्यस्थतामा भइरहेका कूटनीतिक प्रयास भने हालसम्म ठोस निष्कर्षमा पुग्न सकेका छैनन् । एजेन्सीको सहयोगमा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तातोपानी नाका तत्काल खुलाउन चीनसँग परराष्ट्रमन्त्री खनालको आग्रह
२०८३ मंग्सिर २, बुधबार
सभामुख अर्याल र चिनियाँ जनसंघका अध्यक्ष याङबीच शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर २, बुधबार
दानबहादुर कार्कीको रिटमा सर्वोच्चले बोलायो दुवै पक्ष, अन्तरिम आदेशबारे निर्णय हुने
२०८३ मंग्सिर २, बुधबार
त्रिवि पुनर्संरचनाअन्तर्गत पीएन क्याम्पसलाई स्वायत्त बनाउने गृहकार्य सुरु
२०८३ मंग्सिर २, बुधबार
मोरङमा निःशुल्क आँखा शिविर, ३ हजार ५०० को परीक्षण र २७५ जनाको मोतियाबिन्दुको शल्यक्रिया
२०८३ मंग्सिर २, बुधबार
एनपीएल इलिमिनेटरमा आज काठमाडौं र चितवन भिड्दै, विजेताले दोस्रो क्वालिफायर खेल्ने
२०८३ मंग्सिर २, बुधबार
नमोबुद्ध जात्रा : करुणा र देहत्यागको बौद्ध मान्यता जोडिएको ऐतिहासिक मेला
२०८३ मंग्सिर २, बुधबार