मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

गत साउन र भदौमा मात्र ३३६ बालबालिका बेपत्ता-

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः राम्रो काम, आकर्षक कमाइ । चिनेजानेकै व्यक्तिले गरेको अफरले नवलपरासी र दाङका १९ किशोरलाई लोभ्यायो । धेरै खर्च नलाग्ने र राम्रो कमाइ हुने आश्वासन पाएपछि ती किशोर नयाँदिल्ली जान तयार भए । दलालले १२ असोजमा रातारात उनीहरूलाई सीमापार गराए । दलालले १३ देखि १७ वर्षका नेपाली किशोरलाई पारि पुर्‍याएर खाजा खुवाउँदै थिए । नेपाल आउँदै गरेका एक यात्रुले देखेर उनीहरूबारे ‘आफन्त नेपाल’ नामक संस्थामा खबर गरिदिए ।

लगत्तै भारतीय प्रहरीले सूचना पायो । दिल्लीस्थित महिला आयोगको सहयोगमा आफन्त नेपालका कर्मचारीले किशोरहरूलाई लैजाँदै गरेका दलाललाई पिछा गरे । दलाल समूह उत्तरप्रदेशको गाजियावादबाट पक्राउ पर्यो । दिल्ली महिला आयोग र आफन्त नेपालको जाहेरीमा भारतीय अदालतमा दलाल समूहविरुद्ध मुद्दा चलिरहेको छ । दलालबाट जोगाइएका नवलपरासी पूर्व र पश्चिमका १८ तथा दाङका एक किशोरलाई भारतीय प्रहरीको निगरानीमा बालगृहमा राखिएको छ । उनीहरूमध्ये अधिकांश विपन्न र सीमान्तकृत समुदायका छन् ।

यस्तै, गत चैत दोस्रो साता कास्कीकी १७ वर्षीया किशोरी चिनजानकी एक महिलाको घरमा गएकी थिइन् । ती महिलासँगै बसेर उनले खाजा खाइन् । त्यसलगत्तै उनी बेहोस भइन् । होस खुल्दा उनी अन्जान सहरको सडकमा थिइन् । भारतीय प्रहरीको सहयोगमा उनलाई भारत राजस्थानबाट त्यही साता उद्धार गरियो ।‘पहिले चक्कर लाग्यो, त्यसपछि बेहोस भएँछु, होस खुल्दा अन्जान सहरको सडकमा रहेँछु,’ किशोरीले उद्धार टोलीसँग भनेकी छिन् । उनलाई कुन उद्देश्यले राजस्थान पुर्‍याइयो र अलपत्र छाडियो भन्ने खुलेको छैन । उनले अझै घर आउन पनि पाएकी छैनन् ।

कोरोना महामारी र लकडाउनको समयमा उनीजस्तै पर्वतकी १४ वर्षीया र बाँकेकी १७ वर्षीया किशोरीलाई बिहार पटनामा सडकबाटै उद्धार गरिएको छ । भारत कानपुरबाट उद्धार गरिएकी अर्की १५ वर्षीय किशोरीको त अहिलेसम्म नेपालको ठेगानासमेत खुल्न सकेको छैन ।

कोभिड–१९ महामारीका कारण सीमामा सुरक्षाकर्मीको पहरेदारी कमजोर बनेको मौकामा मानव तस्करको सक्रियता बढेको यी केही उदाहरण हुन् । विद्यालय बन्द भएपछि घर, गाउँमा फुर्सदिला बनेका बालबालिका मानव तस्करको निसानामा परेका छन् । नयाँपत्रिका दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
करको दर होइन, आर्थिक गतिविधि बढाउनुपर्छ : मुख्यमन्त्री थापामगर
२०८३ मंग्सिर १, मंगलबार
केन्द्रीय कमिटी बैठक मंसिर ४ गते बोलाउने एमालेको निर्णय
२०८३ मंग्सिर १, मंगलबार
सभामुख अर्यालसँग फ्रान्स-नेपाल संसदीय समूहकी अध्यक्षद्वारा शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर १, मंगलबार
एनपिएल : दीपेन्द्रको अर्धशतक, लुम्बिनीलाई सुदूरपश्चिमको १०६ रनको लक्ष्य
२०८३ मंग्सिर १, मंगलबार
वित्तीय अपराध अनुसन्धानलाई परिणाममुखी बनाउन सूचना आदानप्रदान प्रणाली सुदृढ गर्नुपर्ने : आईजीपी केसी
२०८३ मंग्सिर १, मंगलबार
अन्तरराष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान
२०८३ मंग्सिर १, मंगलबार
बैतडीको रौलाकेदार धाममा भक्तजनको घुइँचो, कार्तिक शुक्ल अष्टमीमा विशेष पूजा
२०८३ मंग्सिर १, मंगलबार