काठमाडौँ, भदौ १८ गते । लाङटाङ हाइड्रोमा टनेलभित्र करिब १५० मिटरसम्म प्रवेश गरी दुई स्थानमा सानो–सानो होल बनाई खोजी कार्य भइरहेको नेपाली सेनाले जनाएको छ । विदेशीसहित २५ जनाको संयुक्त टोलीले चिलिमे हाइड्रोमा विदेशीसहितको संयुक्त टोलीले खोज तथा उद्धारको कार्य गरिरहेको छ ।
त्रिशूली–३’ए’ मा ९३ जनाको संयुक्त उद्धार टोलीले ५ वटा एक्सक्याभेटर प्रयोग गरी रातभर टनेलको आउटलेटमा भरिएको लेदो र माटो हटाउने क्रममा रातको करिब २ बजे आउटलेटको होललाई ठुलो बनाउन क्राउनलाई ब्लाष्टिङ्ग गरी सफा गर्ने कार्य भइरहेको जनाएको छ ।
त्रिशूली–३ ‘बी’मा नेपाली सेनाका ८९, गैर सैनिक तीन र आयोजनाका प्रबन्ध निर्देशक सहितको संयुक्त उद्धार टोलीले आयोजनाको कार्यालय र निवास पहिचान गरी उक्त इलाकासम्म पुग्न बाट बाटो बनाउन एक्सक्याभेटरको प्रयोग गरी खन्ने तथा माटो पन्छाउने कार्य भइरहेको छ ।
प्रभावित क्षेत्रका जङ्गल, डाँडाका साथै खोला र वस्ती इलाकामा स्थानीयलाई सुरक्षा प्रत्याभूति दिलाई आवश्यक उद्धार एवम् मेडिकल अधिकृत सहित स्वास्थ्य सेवा प्रदान गर्नको लागि पैदल गस्ती गरी आम जनसमुदायलाई स्वास्थ्य सेवा समेत प्रदान गरेको नेपाली सेनाले जानकारी दिएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया