भाद्र १८, २०८३ बिहिबार September 3, 2026

भदौ २३ गते सार्वजनिक बिदा दिने सरकारकाे निर्णय

सुवा बाढीले पुर्‍याएको क्षतिमा ज्यान गुमाएकाहरूको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक दिवस मनाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ। सरकारले भदौ २३ गते जेनजी सहिद दिवसका अवसरमा सार्वजनिक बिदा दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

त्यस्तै रसुवा बाढीले पुर्‍याएको क्षतिमा ज्यान गुमाएकाहरूको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक दिवस मनाउने निर्णय समेत सरकारले गरेको छ।

रसुवा बाढीबाट प्रभावित व्यक्ति, उद्योग तथा व्यवसायलाई तत्काल सुचारु गर्न एकीकृत व्यवसायीक पुनर्स्थापना योजना अन्तर्गत राहत कर तथा महसुल छुट लगायत अन्य सहुलियत सुविधा प्रदान गर्ने भएको छ ।

यस्तै, बैठकले साल्ट ट्रेडिङ कर्पोरेसन खाद्य तथा व्यापार कम्पनीमार्फत २५ हजार मेट्रिक टन परिणामको चिनी एक प्रतिशत भन्सार महसुल लिएर आयात गर्न स्वीकृत प्रदान गर्ने निर्णय पनि गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया