भाद्र १९, २०८३ शुक्रबार September 4, 2026

सुदूरपश्चिमका नागरिकको खोजीमा प्रदेश सरकार क्रियाशील छः मुख्यमन्त्री भट्ट

प्रदेश सरकारद्धारा बेपत्ता नागरिकको खोजी तथा आफन्तसँग समन्वयका लागि हटलाइन सेवा सञ्चालन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

धनगढी, १९ भदौः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले भोटेकोशी बाढीमा परेर हराइरहेका नागरिकको खोजी तथा उद्धारका लागि प्रदेश सरकार तदारुकताका साथ लागिपरेको बताउनुभएको छ ।

बाढीमा हराएका आफन्तको खोजीको माग गर्दै बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका पीडितपरिवारसँगको भेटमा मुख्यमन्त्री भट्टले स्थानीय नागरिकको खोजी तथा उद्धारमा कुनै कसर बाँकी नराख्ने बताउनुभएको हो ।

मुख्यमन्त्री भट्टले हराइरहेका नागरिकको खोजीका लागि उपलब्ध सबै उपाय अवलम्बन गरिने उल्लेख गर्नुभयो । हराइरहेकाको खोजी तथा उद्धारका लागि सङ्घीय सरकारसँग आवश्यक समन्वय भइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पीडितपरिवारलाई आवश्यक सबै प्रकारको सहयोग उपलब्ध गराउन प्रदेश सरकार तयार छ ।”

प्रदेश सरकारले बेपत्ता नागरिकको खोजी तथा आफन्तसँग समन्वयका लागि हटलाइन सेवा सञ्चालन गरेको छ । उहाँले पीडितपरिवारलाई एक्लो महसुस हुन नदिने बताउँदै प्रदेश सरकार सधैँ जनताको साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चलचित्र ‘बाः एक योद्धा’, ‘ककाकिकी’ र ‘माया भनेकै यस्तो होला’को प्रदर्शन स्थगित
२०८३ भाद्र १९, शुक्रबार
त्रिशूली–३ ए जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाको उद्धार कार्य जारी
२०८३ भाद्र १९, शुक्रबार
आज अष्टिम्की पर्व मनाउँदै थारू समुदायका महिला
२०८३ भाद्र १९, शुक्रबार
अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छः मन्त्री रावल
२०८३ भाद्र १९, शुक्रबार
सुदूरपश्चिमका नागरिकको खोजीमा प्रदेश सरकार क्रियाशील छः मुख्यमन्त्री भट्ट
२०८३ भाद्र १९, शुक्रबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८३ भाद्र १९, शुक्रबार
बल्ल परामर्शमा प्रधानमन्त्री
२०८३ भाद्र १९, शुक्रबार