भाद्र १९, २०८३ शुक्रबार September 4, 2026

उत्तरी चीनको जाइरोङ नाकामा खोज-उद्धार कार्य जारी

बन्दरगाहतर्फको स्थलमार्ग मूल रूपमा सञ्चालनमा आएपछि अवरोध हटाउन ठूला मेसिन परिचालन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बेइजिङ। नेपालको लाङटाङ लिरुङ हिमालमा हिमनदीको ठूलो भाग खसेपछि आएको बरफ र चट्टानसहितको हिमस्खलनबाट चीनको जिजाङ स्वायत्त क्षेत्र (तिब्बत) स्थित चीन-नेपाल सीमाको जाइरोङ नाकामा लेदोको बाढी आएपछि चिनियाँ उद्धारकर्मीले खोज तथा उद्धारलाई तीव्रता दिएका छन् ।

अगस्ट २६ को घटनामा २१ जनाको मृत्यु पुष्टि भएको छ भने ५४१ जना अझै बेपत्ता रहेको क्षेत्रीय सरकारले जनाएको छ । चिनियाँ अधिकारीका अनुसार करिब पाँच हजार २०० मिटर उचाइमा रहेको लाङटाङ लिरुङ हिमालको हिमनदीको ठूलो भाग खसेपछि बरफ र चट्टान तीव्र गतिमा तल झरेको थियो । करिब चार हजार मिटर तल पुग्दा त्यसले पहाडको माटो तथा अन्य सामग्री बगाउँदै ठूलो लेदोको बाढीको रूप लिएको र करिब २२ किलोमिटर तल रहेको जाइरोङ नाकासम्म पुगेको थियो ।

घटनापछि दुई हजार तीन सयभन्दा बढी उद्धारकर्मी परिचालन गरिएको छ । करिब १५ लाख ९० हजार वर्गमिटर क्षेत्रमा खोजीका विभिन्न चरण पूरा गरिएका छन् भने मुख्य प्रभावित क्षेत्रमा ३३६ उद्धारकर्मीले विस्तृत खोजी गरिरहेका छन् । बुधबार दिउँसोसम्म मृतक तथा बेपत्तासँग सम्बन्धित हुन सक्ने ८४७ व्यक्तिगत सामग्रीसमेत बरामद गरिएको छ ।

बन्दरगाहतर्फको स्थलमार्ग मूल रूपमा सञ्चालनमा आएपछि अवरोध हटाउन ठूला मेसिन परिचालन गरिएको छ । सडक सुदृढीकरण तथा उद्धारका लागि भारी उपकरण पठाइएको छ भने राज्य स्वामित्वका उद्यमले कर्मचारी र मेसिन परिचालन गरी विद्युत आपूर्ति तथा राहत कार्यमा सहयोग गरिरहेका छन् ।

यसैबिच, चीनले नेपालमा राहत तथा उद्धार सहयोग जारी राखेको छ । चिनियाँ राहत सामग्री र डिएनए विज्ञहरूको अर्को टोली बिहीबार हवाई मार्गबाट काठमाडौँ आइपुगेको छ । टोलीले मृतक तथा बेपत्ताको पहिचानमा सहयोग गर्ने बताइएको छ । कठिन भौगोलिक अवस्था र थप प्राकृतिक विपदको जोखिमबिच जाइरोङ नाकामा सम्भावित जीवित व्यक्तिको खोजी तथा मृतक र बेपत्ताको पहिचानका लागि उद्धार कार्य जारी रहेको चिनियाँ अधिकारीहरूले बताएका छन् । रासस/सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी
२०८३ भाद्र १९, शुक्रबार
उत्तरी चीनको जाइरोङ नाकामा खोज-उद्धार कार्य जारी
२०८३ भाद्र १९, शुक्रबार
खाजा खर्च बचाएर विद्यार्थीले जुटाए बाढीपीडितका लागि हजारौँ रुपैयाँ
२०८३ भाद्र १९, शुक्रबार
19th General Assembly of Ichangunarayan Community Service Center to Be Held on Saturday
२०८३ भाद्र १९, शुक्रबार
भोटेकोशी बाढी : कुशको शव बनाएर आर्यघाटमा अन्त्येष्टि गरिँदै
२०८३ भाद्र १९, शुक्रबार
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
२०८३ भाद्र १९, शुक्रबार
भोटेकोशी बाढी : त्रिवि शिक्षण अस्पतालबाट ४८ घाइते ‘डिस्चार्ज’, २५ जनाको उपचार हुँदै
२०८३ भाद्र १९, शुक्रबार