भाद्र २०, २०८३ शनिबार September 5, 2026

भोटेकोशी बाढीपीडित सशस्त्र प्रहरी परिवारलाई २५ लाख राहतसँगै ऋण मिनाहा र निःशुल्क शिक्षा

बाढीमा मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख, पाँच जनालाई ५० हजार प्रोत्साहन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २० भदौः सशस्त्र प्रहरी बल नेपालले कर्तव्य पालनाका सिलसिलामा भोटेकोशी बाढीबा परी मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई रु २५ लाख राहत उपलब्ध गराउने भएको छ ।

सशस्त्र प्रहरीले मृतकका आश्रित परिवारलाई राष्ट्रसेवकका तर्फबाट तत्काल रु १५ लाख र ‘सशस्त्र प्रहरी कर्मचारीको मृत्यु भएमा निजको हकवाला/आश्रित परिवारलाई उपलब्ध गराउने राहतसम्बन्धी कार्यविधि,२०७९’ बमोजिम रु पाँच लाख तथा ‘सशस्त्र प्रहरी बल, नेपाल विपद् प्रकोप राहत कोष सञ्चालनसम्बन्धी मापदण्ड, २०८१’ बमोजिम रु पाँच लाखसमेत गरी कुल २५ लाख रकम तत्काल उपलब्ध गराउने निर्णय गरेको हो ।

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलकोे अध्यक्षतामा बसेको परामर्श समितिको बैठकले मृतक कर्मचारीले कल्याण कोषबाट ऋण लिइ भुक्तानी गर्न बाँकी सम्पूर्ण रकम मिनाहा गर्ने र निजका सन्ततिलाई पायकपर्ने नेपाल एपिएफ स्कुलमा कक्षा १० सम्मको अध्ययनका लागि शैक्षिक शुल्क छुट गर्ने निर्णय गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरी कर्मचारीका आश्रित परिवारका सदस्य भोटेकोशी बाढीका कारण मृत्यु भएमा राहतस्वरूप प्रतिव्यक्ति रु एक लाख तत्काल उपलब्ध गराउने तथा बाढीबाट मृत्यु भएका सशस्त्र प्रहरीको स्मृतिमा स्मारकसमेत निर्माण गर्ने भएको छ ।

बाढीमा परी सशस्त्र प्रहरीका १३ जना सम्पर्कविहीन भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । सो बाढीमा परी ज्यान जोगाउन सफल पाँच जना सशस्त्र प्रहरीलाई राहतस्वरूप जनही रु ५० हजार प्रोत्साहन रकम उपलब्ध गराउने सशस्त्रको निर्णय छ ।

बाढीबाट अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीको मृत्यु भएमा रु एक लाख, घरवारविहीन भएमा एक लाख र आंशिक रूपमा भौतिक संरचनाको क्षति भएको तथा घाइतेलाई रु ५० हजारसम्म तत्काल उपलब्ध गराइने सहप्रवक्ता थापाले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा महानिरीक्षकदेखि जवानसम्मका तर्फबाट रु १५ करोड ५० लाख रकम जम्मा गर्ने निर्णय गरेको छ । टिमुरेस्थित बोर्डर आउट पोष्ट र सुरक्षा बेस मैलुङमा कार्यरत रही बाढीमा ज्यान जोगाउन सफल भएका सशस्त्र प्रहरीको हकमा भने रकम कट्टा नगरिने उहाँले जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भोटेकोशी बाढीमा परी मृत्यु हुनेको सङ्ख्या १ हजार ३३१ पुग्यो, १३ हजार १०१ जनाको सकुशल उद्धार
२०८३ भाद्र २०, शनिबार
ट्रम्पसमर्थित निर्वाचन नक्साबारे मिसौरी सर्वोच्च अदालतमा
२०८३ भाद्र २०, शनिबार
बाढी प्रभावित घाइतेको उपचारमा सहयोग गर्न एमालेको रक्तदान कार्यक्रम
२०८३ भाद्र २०, शनिबार
हालैको प्राकृतिक विपत्तिबाट भएको क्षति अकल्पनीय : अध्यक्ष ओली
२०८३ भाद्र २०, शनिबार
युद्धका कारण युक्रेनको वित्तीय संकट गहिरिँदै, ३२ अर्ब ६ करोड डलर अपुग हुने
२०८३ भाद्र २०, शनिबार
वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत
२०८३ भाद्र २०, शनिबार
नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्छः महासचिव पोखरेल
२०८३ भाद्र २०, शनिबार