मंग्सिर २, २०८३ बुधबार November 18, 2026

युद्धले आयातमा अवरोधआए पछि इराकमा इन्धन अभाव

पछिल्लो समयमा क्षेत्रीय शत्रुता बढ्दै जाँदा, बगदाद र अन्य प्रान्तहरूमा सरकारद्वारा सञ्चालित इन्धन स्टेशनहरू बाहिर लामो लाइन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

बग्दाद, २० भदौ : मध्य पूर्व युद्धको कारण इराकमा पेट्रोल आपूर्ति घटेको कारण शनिबार बगदादमा इन्धन स्टेशनहरूमा लामो लाइन लागेको जनाइएको छ ।

पछिल्लो समयमा क्षेत्रीय शत्रुता बढ्दै जाँदा, बगदाद र अन्य प्रान्तहरूमा सरकारद्वारा सञ्चालित इन्धन स्टेशनहरू बाहिर लामो लाइनहरू लागेको जनाइएको छ ।

इराकको पेट्रोलको औसत दैनिक खपत तीन करोड ३० लाख लिटर छ, तर अधिकारीहरूका अनुसार मानिसहरू अभावका कारण माग बढेर तीन करोड ८० लाख पुगेको छ ।

क्षेत्रीय घटनाहरू र चलिरहेको द्वन्द्वले इराकी बन्दरगाहहरूमा तिनीहरूको आगमनमा ढिलाइ गर्दै ट्याङ्कर आवागमनमा चुनौतीहरू निम्त्याइरहेको ऊर्जा मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले नागरिकहरूलाई आवश्यक पर्ने मात्रा मात्र इन्धन किन्न र भण्डारणका लागि भीडभाड नगर्न आग्रह गरेको छ भने ऊर्जा मन्त्री बासेम मोहम्मद खुदैरले “पेट्रोलको अस्थायी अभाव” लाई सम्बोधन गरिरहेको र आपूर्ति स्थिर गर्न मद्दत गर्न नयाँ ढुवानी चाँडै आइपुग्ने बताउनुभएको छ । अन्य तेल उत्पादकहरू जस्तै इराक पनि अमेरिका–इरान द्वन्द्वबाट धेरै प्रभावित भएको छ, जसले हर्मुजको जलमार्गलाई अवरुद्ध गरेको छ ।

गत फेब्रुअरीमा युद्ध सुरु हुनुअघि इराकले प्रति दिन करिब ४० लाख ब्यारेल उत्पादन  गर्ने गरेको र हर्मुज हुँदै औसत ३४ लाख ब्यारेल निर्यात गर्ने गरेको जनाइउको छ ।

उल्लेखनीय गिरावटपछि, इराकी तेल निर्यात अगस्तमा २२ लाख बीपीडीभन्दा बढी पुगेको मन्त्रालयले जनाएको छ । गत महिना, इरानको समाचार एजेन्सी इरनाले गत छ महिनामा तेहरानले धेरै इराकी तेल ट्याङ्करलाई हर्मुज हुँदै जान अनुमति दिएको बताएको थियो । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तातोपानी नाका तत्काल खुलाउन चीनसँग परराष्ट्रमन्त्री खनालको आग्रह
२०८३ मंग्सिर २, बुधबार
सभामुख अर्याल र चिनियाँ जनसंघका अध्यक्ष याङबीच शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर २, बुधबार
दानबहादुर कार्कीको रिटमा सर्वोच्चले बोलायो दुवै पक्ष, अन्तरिम आदेशबारे निर्णय हुने
२०८३ मंग्सिर २, बुधबार
त्रिवि पुनर्संरचनाअन्तर्गत पीएन क्याम्पसलाई स्वायत्त बनाउने गृहकार्य सुरु
२०८३ मंग्सिर २, बुधबार
मोरङमा निःशुल्क आँखा शिविर, ३ हजार ५०० को परीक्षण र २७५ जनाको मोतियाबिन्दुको शल्यक्रिया
२०८३ मंग्सिर २, बुधबार
एनपीएल इलिमिनेटरमा आज काठमाडौं र चितवन भिड्दै, विजेताले दोस्रो क्वालिफायर खेल्ने
२०८३ मंग्सिर २, बुधबार
नमोबुद्ध जात्रा : करुणा र देहत्यागको बौद्ध मान्यता जोडिएको ऐतिहासिक मेला
२०८३ मंग्सिर २, बुधबार