भाद्र २०, २०८३ शनिबार September 5, 2026

रसुवामा आएको बाढीले मुलुकलाई स्तब्ध बनाएको छः प्रदेश प्रमुख खापुङ

विपदमा परेका नागरिकलाई सबैले मिलेर सहयोग गर्नुपर्ने धारणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विराटनगर, भदौ २० गते । कोशीका प्रदेशप्रमुख परशुराम खापुङले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले मुलुकलाई स्तब्ध बनाएको बताउनुभएको छ ।

अखिल नेपाल वैश्य(हलवाई) सेवा समिति केन्द्रीय कार्यालय मोरङद्वारा आज यहाँ आयोजित श्रीश्री १००८ संतशिरोमणि बाबा गणिनाथ गोविन्दको जन्मजयन्ती कार्यक्रममा बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विपद्मा परेका नागरिकलाई सबैले मिलेर सहयोग गर्नुपर्ने धारणा राख्नुभयो ।

प्रदेश प्रमुख खापुङले शान्ति, समृद्धि, विकास र समाजलाई जोड्न आजको दिनले सफलता मिलोस् शुभकामना दिँदै बाढीपीडितको खोज, उद्धार, राहत तथा पुनःस्थापनामा तीनै तहका सरकार, सरोकार भएका निकायबीच सहकार्य र समन्वय हुनुपर्नेमा जोड दिनुभयो । उहाँले पीडितका लागि आवश्यक सहयोगका लागि पनि सबैमा आग्रह गर्नुभयो ।

आयोजक समितिका अध्यक्ष कृष्णकुमार साहको अध्यक्षतामा भएको सो कार्यक्रममा समितिका वरिष्ठ सल्लाहकारद्वय प्रह्लाद साह र दिनेश साहले आ(आफ्नो धारणा राख्नुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लाइबेरियामा खोप अनुसन्धान चिम्पान्जीको स्वास्थ्य जाँच
२०८३ भाद्र २०, शनिबार
भोटेकोशी बाढीमा परी मृत्यु हुनेको सङ्ख्या १ हजार ३३१ पुग्यो, १३ हजार १०१ जनाको सकुशल उद्धार
२०८३ भाद्र २०, शनिबार
ट्रम्पसमर्थित निर्वाचन नक्साबारे मिसौरी सर्वोच्च अदालतमा
२०८३ भाद्र २०, शनिबार
बाढी प्रभावित घाइतेको उपचारमा सहयोग गर्न एमालेको रक्तदान कार्यक्रम
२०८३ भाद्र २०, शनिबार
हालैको प्राकृतिक विपत्तिबाट भएको क्षति अकल्पनीय : अध्यक्ष ओली
२०८३ भाद्र २०, शनिबार
युद्धका कारण युक्रेनको वित्तीय संकट गहिरिँदै, ३२ अर्ब ६ करोड डलर अपुग हुने
२०८३ भाद्र २०, शनिबार
वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत
२०८३ भाद्र २०, शनिबार