भाद्र २१, २०८३ आइतबार September 6, 2026

इरानमा इन्धन ट्यांकर विस्फोट, मृत्यु हुनेको संख्या १२ पुग्यो

घटनापछि आसपासमा रहेका धेरै सवारीसाधनमा समेत आगलागी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तेहरान, २१ भदौ : पश्चिमी इरानमा शनिबार भएको सडक दुर्घटनापछि इन्धन बोकेको ट्यांकर विस्फोट हुँदा मृत्यु हुनेको संख्या १२ पुगेको छ। घटनामा सात जना घाइते भएको सरकारी समाचार संस्था आईआरआईबीले आइतबार जनाएको छ।

कुर्दिस्तान प्रान्तको सनन्दाज काउन्टी र हमेदान प्रान्तको हमेदान काउन्टीलाई जोड्ने अन्तरप्रान्तीय सडकमा उक्त दुर्घटना भएको हो। दुर्घटनापछि इन्धन ट्यांकरमा भीषण आगलागी भई विस्फोट भएको बताइएको छ।

कुर्दिस्तान युनिभर्सिटी अफ मेडिकल साइन्सेसअन्तर्गतको आपत्कालीन चिकित्सा सेवाका प्रमुख बाबक होदाईलाई उद्धृत गर्दै आईआरआईबीले घटनापछि आसपासमा रहेका धेरै सवारीसाधनमा समेत आगलागी भएको जनाएको छ।

घटनालगत्तै उद्धार टोली घटनास्थलमा पुगेको थियो। घाइतेहरूलाई उद्धार गरी उपचारका लागि कुर्दिस्तान प्रान्तको राजधानी सनन्दाजस्थित अस्पतालमा पुर्‍याइएको होदाईले बताएका छन्।

दुर्घटनाको कारण र क्षतिको थप विवरणबारे सम्बन्धित निकायले अनुसन्धान गरिरहेको छ। घटनास्थलमा उद्धार तथा खोजी कार्य अझै जारी रहेको अधिकारीहरूले बताएका छन्। रासस/सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रूस-युक्रेन युद्धविराम प्रयास: ट्रम्पका दुई प्रतिनिधि मस्कोमा
२०८३ भाद्र २१, आइतबार
इरानमा इन्धन ट्यांकर विस्फोट, मृत्यु हुनेको संख्या १२ पुग्यो
२०८३ भाद्र २१, आइतबार
थेराङ खोला सहित बूढीगण्डकी नदीमा आएको बाढीले नाम्रुङमा पुल र जलविद्युत्मा क्षति : चुमनुब्रीवासी र पर्यटक समस्यामा
२०८३ भाद्र २१, आइतबार
बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु
२०८३ भाद्र २१, आइतबार
सुन तोलामा ३ हजार १ सय र चाँदी ४० रुपैयाँले घट्यो
२०८३ भाद्र २१, आइतबार
Martyr Highway in Rolpa Blocked
२०८३ भाद्र २१, आइतबार
सर्लाहीमा प्रथम राष्ट्रिय शैक्षिक सम्मेलन सुरु : ६६ वटा अनुसन्धानपत्र प्रस्तुत हूँदै
२०८३ भाद्र २१, आइतबार