भाद्र २१, २०८३ आइतबार September 6, 2026

भोटेकोशी बाढी प्रभावितको राहत र पुनः स्थापनामा स्रोतको कमी हुन दिँदैनौँ : मन्त्री डा.तिमिल्सिना

सरकारले राहत, उद्धार र पुनःस्थापनाको कामलाई प्राथमिकताका साथ अघि बढाइरहेको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले भोटेकोशी बाढीबाट प्रभावितहरूका लागि राहत सामग्री र व्यवस्थापनमा स्रोतको कमी हुन नदिइने बताउनुभएको छ ।

गोरखापत्र अनलाइनसँग कुरा गर्नुहुँदै सञ्चार मन्त्री डा. मुलुकमा अकल्पनीय बाढीबाट ठूलो क्षति भए पनि सरकारले राहत, उद्धार र पुनःस्थापनाको कामलाई प्राथमिकताका साथ अघि बढाइरहेको बताउनुभयो

उहाँले राहत सामग्री पर्याप्त रहेको र व्यवस्थापनका लागि आवश्यक स्रोतको कमी हुन नदिने स्पष्ट पार्नुभयो । नुवाकोट क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका मन्त्री डा.तिमिल्सिनाले बाढी आएको दिनदेखि आफू प्रभावित क्षेत्रमा खटिएको र सरकारको उपस्थितिमा कमी हुन नदिएको दाबी गर्नुभयो ।

बाढी प्रभावितको अस्थायी बसोबासका लागि विद्यालय र अस्पतालका भवन प्रयोगमा ल्याइएको तथा दीर्घकालीन बसोबासको उचित व्यवस्था सरकारले गर्ने उहाँले बताउनुभयो ।

सरकारले प्रभावित क्षेत्रमा सबै शक्ति परिचालन गरेको भन्दै मन्त्री डा.तिमिल्सिनाले ऊर्जा र सञ्चार सेवा छोटो समयमै पुनः स्थापित गरिएको जानकारी दिनुभयो । नेपाल टेलिकम र एनसेलको सेवा पनि सुचारु भइसकेको उहाँले बताउनुभयो ।

बाढीमा परेर हजारौँले ज्यान गुमाउनुपरेको र ठुलो भौतिक संरचनाको क्षति भएको भन्नुहुँदै उहाँले शव व्यवस्थापनको काम वैज्ञानिक तरिकाले गरिएको बताउनुभयो । शव व्यवस्थापनको काम अस्थायी रुपमा गरिएकाले आवश्यक पर्दा थप अध्ययन र व्यवस्थापनको काम गर्न सकिने बताउनुभयो ।

दिनरात खटेर सुरक्षाकर्मीहरू अझै उद्धारको काम गरिरहनुभएको जानकारी दिनुहुँदै मन्त्री डा.तिमिल्सिनाले भन्नुभयो, “यो बाढी अकल्पनीय रुपमा आयो र हामीलाई ठुलो शिक्षा दिएको छ । आगामी दिनमा हुने खतराबाट सचेत हुनुपर्नेछ ।” नेपालमा जलवायु परिवर्तनको असर रहेकाले यस्तो दुर्घटना आउने दिनमा पनि हुन सक्नेतर्फ सचेत हुनुपर्ने उहाँले बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नारायणगढ–मुग्लिन सडक सोमबारदेखि आंशिक बन्द हुने
२०८३ भाद्र २१, आइतबार
पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द
२०८३ भाद्र २१, आइतबार
भूकम्पपछि ११ वर्षदेखि बन्द हनुमानढोकाको नित्य आध्यात्मिक प्रवचन पुनःसुरु
२०८३ भाद्र २१, आइतबार
भोटेकोशी बाढी : त्रिशूली–१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी
२०८३ भाद्र २१, आइतबार
मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई
२०८३ भाद्र २१, आइतबार
राप्रपा महामन्त्री शरदराज पाठकद्वारा पार्टी परित्यागको घोषणा
२०८३ भाद्र २१, आइतबार
भोटेकोशी बाढी : यसरी भइरहेको छ खोज, उद्धार र राहत कार्य
२०८३ भाद्र २१, आइतबार