भाद्र २१, २०८३ आइतबार September 6, 2026

बाढीपीडितका लागि साइमेक्स बीवाइडीको ७ करोड सहयोग

प्रभावित समुदायको पुनस्स्थापनाका लागि आवश्यक सहयोगमा निरन्तर साथ रहने प्रतिबद्धता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपालमा बीवाइडी सवारीसाधनको आधिकारिक वितरक साइमेक्स इन्क प्रालिले बाढीपीडितको उद्धार, राहत, पुनस्स्थापना तथा पुनर्निर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७ करोड रुपैयाँ सहयोग गरेको छ।

कम्पनीले ७ करोड रुपैयाँ बराबरको चेक अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको जनाएको छ। उक्त सहयोग रकम बाढी प्रभावित क्षेत्रमा भइरहेको उद्धार तथा राहत वितरणसँगै पुनस्स्थापना र भौतिक संरचना पुनर्निर्माणमा उपयोग हुने विश्वास कम्पनीले व्यक्त गरेको छ।

कम्पनीका अनुसार गत साउन २६ गते आएको विनाशकारी बाढीका कारण विभिन्न क्षेत्रका परिवार तथा समुदायले ठूलो क्षति व्यहोर्नुपरेको छ। बाढीका कारण जनधनको क्षतिसँगै विस्थापन र अनिश्चितताको अवस्था सिर्जना भएको साइमेक्स बीवाइडीले जनाएको छ।

विपद्का कारण ज्यान गुमाएका नागरिकप्रति कम्पनीले गहिरो श्रद्धाञ्जली व्यक्त गरेको छ। साथै, शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दै प्रभावित नागरिकको शीघ्र पुनस्स्थापनाको कामना गरेको छ।

बाढी प्रभावित क्षेत्रमा उद्धार तथा पुनर्निर्माणमा खटिएका सरकारी निकाय, सुरक्षाकर्मी, स्वयंसेवक तथा उद्धारकर्मीप्रति पनि कम्पनीले सम्मान व्यक्त गरेको छ। प्रभावित समुदायको पुनस्स्थापनाका लागि आवश्यक सहयोगमा निरन्तर साथ रहने प्रतिबद्धता कम्पनीले जनाएको छ।

साइमेक्स बीवाइडीले विपद्को कठिन घडीमा निजी क्षेत्रको सहकार्य र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै उक्त सहयोग गरेको जनाएको छ।

कम्पनीका अनुसार प्राकृतिक विपद्बाट प्रभावित नागरिकको तत्काल राहतदेखि दीर्घकालीन पुनस्स्थापना र पुनर्निर्माणसम्मका कार्यमा निजी क्षेत्रको सहयोगले थप प्रभावकारी भूमिका निर्वाह गर्न सक्नेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा महामन्त्री शरदराज पाठकद्वारा पार्टी परित्यागको घोषणा
२०८३ भाद्र २१, आइतबार
भोटेकोशी बाढी : यसरी भइरहेको छ खोज, उद्धार र राहत कार्य
२०८३ भाद्र २१, आइतबार
भोटेकोशी बाढी प्रभावितको राहत र पुनः स्थापनामा स्रोतको कमी हुन दिँदैनौँ : मन्त्री डा.तिमिल्सिना
२०८३ भाद्र २१, आइतबार
बाढीपीडितका लागि साइमेक्स बीवाइडीको ७ करोड सहयोग
२०८३ भाद्र २१, आइतबार
भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने
२०८३ भाद्र २१, आइतबार
रुकुम पश्चिममा चार लाखले लिए स्वास्थ्य सेवा
२०८३ भाद्र २१, आइतबार
एकदिवसीय शृङ्खला : न्युजिल्यान्ड ‘ए’ सँग नेपाल दुई विकेटले पराजित
२०८३ भाद्र २१, आइतबार