भाद्र २१, २०८३ आइतबार September 6, 2026

नारायणगढ–मुग्लिन सडक सोमबारदेखि आंशिक बन्द हुने

समय समयमा सवारीसाधन सञ्चालनका लागि खुला गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चितवन । स्थानीय प्रशासनले नारायणगढ–मुग्लिन सडक सोमबार बिहानदेखि आंशिक बन्द गर्ने भएको छ ।

तुइन खोलामा पहिरो रोकथामको काम गर्नुपर्ने भएकाले सवारी आवागमन आंशिक रुपमा रोक्न लागिएको हो । चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा आज जारी सूचनामा भनिएको छ “कृष्णभीरमा सडक मर्मत कार्य जारी रहेको समयको सदुपयोग गरी नारायणगढ–मुग्लिन सडकको तुइन खोला परियोजनाको माटो कटान कार्य गरिने छ ।”

कृष्णभीरको सडक मर्मत कार्य सम्पन्न भई सवारी आवागमन सञ्चालन नहुञ्जेलसम्म यो कार्य जारी रहने सूचनामा जनाइएको छ । सवारी आंशिक रुपमा बन्द गरेर तुइन खेलामा समय समयमा गइरहने पहिरोको माथिल्लो भागको झर्न सक्ने माटो पन्छाउने लगायतका काम गर्न लागिएको हो । तुइन खोलामा समय समयमा पहिरो झर्ने गर्दछ । सम्भावित झर्न सक्ने भागलाई झारेर पहिरो व्यवस्थापनको काम गर्न लागिएको हो ।

सूचनाअनुसार समय समयमा सवारीसाधन सञ्चालनका लागि खुला गरिने छ । नारायणगढ–मुग्लिन सडक बिहान ८ बजेदेखि ८ः३० बजे, १०ः३० बजेदेखि ११ बजे, दिउँसो १ बजेदेखि १ः३० बजे, ३ः५० देखि ४ बजे र साँझ ६ बजेपछिको समयमा सञ्चालन गरिनेछ । यसबाहेकको समय उक्त स्थानमा सवारी रोकेर कार्य हुने सूचनामा उल्लेख छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
PM Shah’s message to security personnel, ‘Your dedication and contribution will be appreciated’
२०८३ भाद्र २१, आइतबार
कांग्रेस सभापति गगन थापा र नेता शेखर कोइरालाबीच भेटवार्ता
२०८३ भाद्र २१, आइतबार
भोटेकोशी–त्रिशूली बाढी : उद्धार, राहत र पुनर्निर्माणका लागि नेकपाको २४ बुँदे प्रस्ताव
२०८३ भाद्र २१, आइतबार
बाढी प्रभावित रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
२०८३ भाद्र २१, आइतबार
परराष्ट्रमन्त्री खनाल र दक्षिण कोरियाका विदेशमन्त्रीेबीच भेटवार्ता
२०८३ भाद्र २१, आइतबार
चार सांसदको कारबाहीपछि जसपामा थप विवाद, उपेन्द्र यादवविरुद्ध नवलपरासीमा असन्तुष्टि
२०८३ भाद्र २१, आइतबार
भोटेकोशी बाढीः शिक्षण अस्पतालमा २१ घाइतेको उपचार हुँदै
२०८३ भाद्र २१, आइतबार