भाद्र २१, २०८३ आइतबार September 6, 2026

भोटेकोशी बाढी : त्रिशूली–१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी

प्रभावित क्षेत्रका मैलुङदेखि स्याफ्रुबेँसी इलाकासम्म पैदल गस्ती गरी खोज तथा उद्धार कार्य जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । भोटेकोशी बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाको सुरुङ र विद्युत् गृहमा फसेकाको उद्धारको प्रयास आज पनि जारी छ ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीसहित विदेशी विज्ञ र आयोजनाको प्रतिनिधि सम्मिलित उद्धार टोलीले जलविद्युत् आयोजनाको संरचनामा हराइरहेकाको खोजी गरिरहेको हो ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सुरक्षाकर्मी र आयोजनाका प्रतिनिधि रसुवागढी जलविद्युत् आयोजनाको ‘पावरहाउस’ र ‘कन्ट्रोल रुम’ सम्म पुगी खोजी गरेका छन् । त्यस्तै त्रिशूली–३ ‘ए’ को पावरहाउस तथा टनेलमा सैनिक फौज उद्धार उपकरणसहित खोज तथा उद्धारमा निरन्तर खटिएको छ ।

त्रिशूली–३‘ बी’ मा अडिट–२ बाट उद्धारकर्ता प्रवेश गरी अडिट-१ बाट निस्किएका छन् । अडिट–२ टनेलबाट ‘एक्साभेटर’ जानसक्ने गरी बाटो सफा भइरहेको र हालसम्म केही फेला नपरेका सेनाले जनाएको छ । चिलिमे जलविद्युत् आयोजनामा विदेशीसहितको संयुक्त टोलीले ‘मिनी एक्साभेटर’ र पम्पको सहायताले लेदो फाल्ने काम गरेको र हेलिकप्टरबाट स्याफ्रुबेँसीमा झारेको एक्साभेटर टनेल इलाकामा लैजाने काम भइरहेको छ ।

माथिल्लो त्रिशूली–१ मा विदेशीसहितको टोलीले थर्मल क्यामेरामार्फत सुरुङभित्र खोजी गरेको सैनिक प्रवक्ता राजाराम बस्नेतले जानकारी दिनुभयो । सेनाले नुवाकोटको विदुर नगरपालिका-५ देवीघाटस्थित तादी नदीमा ‘एक्रो ब्रिज’ जडानलाई तीव्र बनाएको छ । सेनाको इन्जिनियरिङ फौजबाट खटिएका ५५ जनाको टोलीले पुल निर्माण गरिरहेको छ । सैनिक हेलिकप्टरमार्फत आज प्रभावित इलाकाबाट १३ जनाको उद्धार गरिएको छ । हालसम्म हेलिकप्टरमार्फत तीन हजार ९७५ जनाको उद्धार गरिएको सेनाले जनाएको छ ।

प्रभावित क्षेत्रका मैलुङदेखि स्याफ्रुबेँसी इलाकासम्म पैदल गस्ती गरी खोज तथा उद्धार कार्य गरिरहेको सेनाले जनाएको छ । विपद् व्यवस्थापनका लागि रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासीपूर्वका प्रभावित क्षेत्रमा नौ हजार ३०० भन्दा सैनिक परिचालित भएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
PM Shah’s message to security personnel, ‘Your dedication and contribution will be appreciated’
२०८३ भाद्र २१, आइतबार
कांग्रेस सभापति गगन थापा र नेता शेखर कोइरालाबीच भेटवार्ता
२०८३ भाद्र २१, आइतबार
भोटेकोशी–त्रिशूली बाढी : उद्धार, राहत र पुनर्निर्माणका लागि नेकपाको २४ बुँदे प्रस्ताव
२०८३ भाद्र २१, आइतबार
बाढी प्रभावित रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
२०८३ भाद्र २१, आइतबार
परराष्ट्रमन्त्री खनाल र दक्षिण कोरियाका विदेशमन्त्रीेबीच भेटवार्ता
२०८३ भाद्र २१, आइतबार
चार सांसदको कारबाहीपछि जसपामा थप विवाद, उपेन्द्र यादवविरुद्ध नवलपरासीमा असन्तुष्टि
२०८३ भाद्र २१, आइतबार
भोटेकोशी बाढीः शिक्षण अस्पतालमा २१ घाइतेको उपचार हुँदै
२०८३ भाद्र २१, आइतबार