भाद्र २१, २०८३ आइतबार September 6, 2026

कांग्रेस सभापति गगन थापा र नेता शेखर कोइरालाबीच भेटवार्ता

कांग्रेस पार्टीभित्रको आन्तरिक समस्या समाधानका विषयमा कुराकानी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेता डा शेखर कोइरालाबीच आज भेटवार्ता भएको छ। भेटका क्रममा उनीहरूबीच कांग्रेस पार्टीभित्रको आन्तरिक समस्या समाधानका विषयमा कुराकानी भएको डा कोइरालाको सचिवालयले जनाएको छ।

नेता डा कोइरालाले अहिले देश, लोकतन्त्र र राष्ट्रियता अप्ठ्यारो अवस्थामा पुगेकाले कांग्रेस पार्टी एकढिक्का हुनुको विकल्प नरहेको भन्दै यसका लागि आफ्नो तर्फबाट जे जति त्याग गर्न पनि आफू तयार रहेको प्रष्ट पार्नुभएको थियो।

जवाफमा सभापति थापाले आफू पनि पार्टी एकताकै पक्षमा रहेको बताउनुभयो। उहाँहरूबीच यही भदौ १० गते बुधबारका दिन नेपाल-चीन सिमाना रसुवामा आएको विनाशकारी बाढी र त्यसपछि रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाको पछिल्लो अवस्थाका बारेमा पनि छलफल भएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
PM Shah’s message to security personnel, ‘Your dedication and contribution will be appreciated’
२०८३ भाद्र २१, आइतबार
कांग्रेस सभापति गगन थापा र नेता शेखर कोइरालाबीच भेटवार्ता
२०८३ भाद्र २१, आइतबार
भोटेकोशी–त्रिशूली बाढी : उद्धार, राहत र पुनर्निर्माणका लागि नेकपाको २४ बुँदे प्रस्ताव
२०८३ भाद्र २१, आइतबार
बाढी प्रभावित रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
२०८३ भाद्र २१, आइतबार
परराष्ट्रमन्त्री खनाल र दक्षिण कोरियाका विदेशमन्त्रीेबीच भेटवार्ता
२०८३ भाद्र २१, आइतबार
चार सांसदको कारबाहीपछि जसपामा थप विवाद, उपेन्द्र यादवविरुद्ध नवलपरासीमा असन्तुष्टि
२०८३ भाद्र २१, आइतबार
भोटेकोशी बाढीः शिक्षण अस्पतालमा २१ घाइतेको उपचार हुँदै
२०८३ भाद्र २१, आइतबार