भाद्र २२, २०८३ सोमबार September 7, 2026

राष्ट्रपति पौडेल आज बाढीप्रभावित क्षेत्रको अवलोकनमा जाँदै

होल्डिङ सेन्टरमा पुगेर आश्रय लिइरहेका बाढीपीडितसँग भेटघाट गरी उनीहरूको अवस्था बुझ्नुका साथै सान्त्वना दिनुहुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेल भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको निरीक्षणका लागि आज नुवाकोट जाँदै हुनुहुन्छ ।

राष्ट्रपति पौडेल विदुरस्थित मैथिली ब्यारेकमा हेलिकप्टरबाट ओर्लिएपछि बाढी प्रभावित क्षेत्रमा भइरहेको उद्धार तथा राहत कार्यको अवस्थाबारे जानकारी लिनुहुनेछ ।

त्यसपछि उहाँ नजिकै रहेको होल्डिङ सेन्टरमा पुगेर आश्रय लिइरहेका बाढीपीडितसँग भेटघाट गरी उनीहरूको अवस्था बुझ्नुका साथै सान्त्वना दिनुहुने कार्यक्रम रहेको छ ।

भ्रमणका क्रममा राष्ट्रपति पौडेलले बाढीबाट भएको क्षति तथा प्रभावित क्षेत्रमा आवश्यक राहत, पुनर्स्थापना र व्यवस्थापनका विषयमा समेत जानकारी लिनुहुने बताइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्रीबीच भेटवार्ता
२०८३ भाद्र २२, सोमबार
अविरल वर्षापछि विभिन्न ठाउँमा पहिरो जाँदा बाजुराको जनजीवन प्रभावित
२०८३ भाद्र २२, सोमबार
त्रिपक्षीय सैन्य अभ्यासकै दिन उत्तर कोरियाले दोस्रो अत्याधुनिक विध्वंसक सेवामा ल्यायो
२०८३ भाद्र २२, सोमबार
रास्वपा सभापति लामिछाने र अमेरिकी विदेशमन्त्री रुबियोबीच टेलिफोन वार्ता
२०८३ भाद्र २२, सोमबार
भोटेकोशी बाढी प्रभावित नुवाकोटमा राष्ट्रपति पौडेल, पीडितसँग गरे प्रत्यक्ष भेट
२०८३ भाद्र २२, सोमबार
सुनचाँदीको मूल्यमा ठूलो गिरावट
२०८३ भाद्र २२, सोमबार
पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि
२०८३ भाद्र २२, सोमबार