भाद्र २२, २०८३ सोमबार September 7, 2026

परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री एडमबीच टेलिफोन वार्ता

भोटेकोशी नदीमा गएको बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति माल्दिभ्स सरकार र जनताका तर्फबाट गहिरो दुःख व्यक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनाल र माल्दिभ्सका विदेशमन्त्री इरुथिसाम एडमबीच आज टेलिफोन वार्ता भएको छ ।

वार्ताका क्रममा विदेशमन्त्री एडमले परराष्ट्रमन्त्री खनाललाई भोटेकोशी नदीमा गएको बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति माल्दिभ्स सरकार र जनताका तर्फबाट गहिरो दुःख व्यक्त गर्दै नेपालप्रति ऐक्यबद्धता जनाउनुभएको थियो । उहाँले विपद्को यस दुःखद घडीमा नेपाल सरकार तथा नेपाली जनताप्रति गहिरो समवेदना र समर्थन व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसैगरी, परराष्ट्रमन्त्री खनालले कठिन परिस्थितिमा नेपालप्रति ऐक्यबद्धता र समर्थन व्यक्त गर्नुभएकामा माल्दिभ्स सरकार तथा जनताप्रति आभार व्यक्त गर्नुभएको थियो ।

टेलिफोन वार्ताका क्रममा उहाँहरूले जलवायु परिवर्तनको जोखिममा रहेको दुवै देशले सामना गरिरहेका साझा चुनौती र तिनको समाधानका बारे छलफल गर्नुभएको थियो । उहाँहरूले क्षेत्रीय तथा बहुपक्षीय मञ्चमार्फत जलवायु न्यायको प्रवद्र्धनका पक्षमा अझ समन्वयसहित सहकार्य गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लायन्स क्लब अफ काठमाडौं हेरिटेज धरहराद्वारा स्वयम्भूनाथमा दीप प्रज्वलन
२०८३ भाद्र २२, सोमबार
‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छः नेपाली सेना
२०८३ भाद्र २२, सोमबार
सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध निर्मम हुँदै प्रहरी
२०८३ भाद्र २२, सोमबार
परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री एडमबीच टेलिफोन वार्ता
२०८३ भाद्र २२, सोमबार
भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले दियो एक करोड
२०८३ भाद्र २२, सोमबार
विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको छः राष्ट्रपति पौडेल
२०८३ भाद्र २२, सोमबार
पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्: सभामुख अर्याल
२०८३ भाद्र २२, सोमबार