मंग्सिर २, २०८३ बुधबार November 18, 2026

जापानी चिप रसायनमा चीनको शुल्क

जापानी कम्पनीबाट भएको डम्पिङले चीनको घरेलु उद्योगलाई क्षति पुगेको प्रारम्भिक प्रमाण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

बेइजिङ, भदौ २३ गते । चीनले जापानबाट आयात हुने सेमिकन्डक्टर निर्माणमा प्रयोग हुने डाइक्लोरोसिलेनमा मङ्गलबारदेखि अस्थायी एन्टि-डम्पिङ शुल्क लगाएको छ । चिनियाँ वाणिज्य मन्त्रालयले जापानी कम्पनीबाट भएको डम्पिङले चीनको घरेलु उद्योगलाई क्षति पुगेको प्रारम्भिक प्रमाण भेटिएको जनाएको छ ।

The latest trade action highlights the growing tensions between Beijing and Tokyo. Photo: Shutterstockअधिकांश जापानी कम्पनीका लागि शुल्क दर ९९.२ प्रतिशत तोकिएको छ भने डेनल सिलेनका लागि ८०.८ प्रतिशत निर्धारण गरिएको छ । गत जनवरीमा सुरु गरिएको अनुसन्धानपछि चीनले यस्तो कदम चालेको हो । जापानका मुख्य क्याबिनेट सचिव मिनोरु किहाराले चीनको निर्णयप्रति कडा विरोध जनाउँदै उपाय फिर्ता लिन आग्रह गरिएको बताउनुभयो ।

जापानले चीनका निर्यात नियन्त्रण सम्बन्धी कदमको उचित जवाफ दिने उहाँले बताउनुभयो । चीनको यो निर्णय जापान र चीनबिच ताइवानलगायतका विषयमा पछिल्लो समय देखिएको कूटनीतिक मतभेदका बिच आएको हो । चिनियाँ मन्त्रालयले अस्थायी शुल्क कहिलेसम्म कायम रहने वा अन्तिम निर्णय कहिले हुने भन्ने समयसीमा तोकेको छैन । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तातोपानी नाका तत्काल खुलाउन चीनसँग परराष्ट्रमन्त्री खनालको आग्रह
२०८३ मंग्सिर २, बुधबार
सभामुख अर्याल र चिनियाँ जनसंघका अध्यक्ष याङबीच शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर २, बुधबार
दानबहादुर कार्कीको रिटमा सर्वोच्चले बोलायो दुवै पक्ष, अन्तरिम आदेशबारे निर्णय हुने
२०८३ मंग्सिर २, बुधबार
त्रिवि पुनर्संरचनाअन्तर्गत पीएन क्याम्पसलाई स्वायत्त बनाउने गृहकार्य सुरु
२०८३ मंग्सिर २, बुधबार
मोरङमा निःशुल्क आँखा शिविर, ३ हजार ५०० को परीक्षण र २७५ जनाको मोतियाबिन्दुको शल्यक्रिया
२०८३ मंग्सिर २, बुधबार
एनपीएल इलिमिनेटरमा आज काठमाडौं र चितवन भिड्दै, विजेताले दोस्रो क्वालिफायर खेल्ने
२०८३ मंग्सिर २, बुधबार
नमोबुद्ध जात्रा : करुणा र देहत्यागको बौद्ध मान्यता जोडिएको ऐतिहासिक मेला
२०८३ मंग्सिर २, बुधबार