मंग्सिर २, २०८३ बुधबार November 18, 2026

दक्षिण कोरियाली अर्थतन्त्रको वृद्धिदर ४७ वर्षयताकै उच्च

निर्माण तथा पूर्वाधार सम्बन्धी आयोजनामा सुस्तता आएका कारण निर्माण क्षेत्रमा लगानी ०.१ प्रतिशतले घटे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सियोल, भदौ २३ गते । दक्षिण कोरियाको वास्तविक कुल गार्हस्थ्य उत्पादन दोस्रो त्रैमासिकमा अघिल्लो त्रैमासिकको तुलनामा ०.६ प्रतिशतले वृद्धि भएको केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ । दोस्रो त्रैमासिकको आर्थिक वृद्धि जुलाई २३ मा सार्वजनिक गरिएको प्रारम्भिक अनुमानकै स्तरमा कायम रहेको हो ।

पहिलो त्रैमासिकमा अर्थतन्त्र १.८ प्रतिशतले तीव्ररूपमा विस्तार भएपछि दोस्रो त्रैमासिकमा पनि वृद्धि स्वस्थ स्तरमा स्थिर भएको छ । गत वर्षको अन्तिम त्रैमासिकमा भने वास्तविक कुल गार्हस्थ्य उत्पादन ०.१ प्रतिशतले घटेको थियो । निर्यातमा आधारित दक्षिण कोरियाली अर्थतन्त्रको प्रमुख आधार मानिएको निर्यात अप्रिलदेखि जुनसम्मको अवधिमा अघिल्लो त्रैमासिकको तुलनामा १.३ प्रतिशतले बढेको छ ।

अर्धचालक, मेसिनरी तथा उपकरणको बलियो मागका कारण निर्यात वृद्धि भएको हो । सोही अवधिमा मोटरगाडी तथा औद्योगिक उपकरणको खरिद बढेसँगै आयात पनि ०.७ प्रतिशतले वृद्धि भएको छ । यस अवधिमा निजी उपभोग ०.४ प्रतिशतले बढेको छ । वस्तु तथा सेवाको उपभोगमा भएको वृद्धिले निजी खर्च बढाउन सहयोग गरेको हो ।

स्वास्थ्य बिमा सुविधामा सरकारी खर्च बढेका कारण सरकारी खर्च पनि ०.१ प्रतिशतले वृद्धि भएको छ । अनुसन्धान तथा विकास र सफ्टवेयर विकासमा भएको वृद्धिका कारण बौद्धिक सम्पत्ति क्षेत्रमा लगानी ३.४ प्रतिशतले बढेको छ । मेसिनरी, विशेष गरी अर्ध चालक उत्पादनमा प्रयोग हुने उपकरणमा लगानी विस्तार भएपछि औद्योगिक संरचना तथा उपकरणमा लगानी ०.२ प्रतिशतले बढेको छ ।

तर निर्माण तथा पूर्वाधार सम्बन्धी आयोजनामा सुस्तता आएका कारण निर्माण क्षेत्रमा लगानी ०.१ प्रतिशतले घटेको छ । दोस्रो त्रैमासिकमा नाममात्रको कुल गार्हस्थ्य उत्पादन अघिल्लो त्रैमासिकको तुलनामा ९.२ प्रतिशतले वृद्धि भएको छ । वार्षिक आधारमा हेर्दा दोस्रो त्रैमासिकमा नाम मात्रको कुल गार्हस्थ्य उत्पादन २६.४ प्रतिशतले बढेको छ ।

यो सन् १९७९ को तेस्रो त्रैमासिकयताकै अर्थात ४७ वर्षयताकै उच्च वृद्धि दर हो । देशभित्र र विदेशमा व्यक्ति तथा व्यवसायले आर्जन गरेको कुल आम्दानी मापन गर्ने नाममात्रको कुल राष्ट्रिय आम्दानी पनि अप्रिलदेखि जुनसम्मको अवधिमा अघिल्लो तीन महिनाको तुलनामा ८.८ प्रतिशतले बढेको छ । देशभित्र उत्पादन भएका सबै वस्तु तथा सेवाको मूल्यमा भएको परिवर्तन मापन गर्ने कुल गार्हस्थ्य उत्पादन मूल्य सूचकांक दोस्रो त्रैमासिकमा वार्षिक आधारमा २१.९ प्रतिशतले बढेको छ । रासस/सिन्ह्वा 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तातोपानी नाका तत्काल खुलाउन चीनसँग परराष्ट्रमन्त्री खनालको आग्रह
२०८३ मंग्सिर २, बुधबार
सभामुख अर्याल र चिनियाँ जनसंघका अध्यक्ष याङबीच शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर २, बुधबार
दानबहादुर कार्कीको रिटमा सर्वोच्चले बोलायो दुवै पक्ष, अन्तरिम आदेशबारे निर्णय हुने
२०८३ मंग्सिर २, बुधबार
त्रिवि पुनर्संरचनाअन्तर्गत पीएन क्याम्पसलाई स्वायत्त बनाउने गृहकार्य सुरु
२०८३ मंग्सिर २, बुधबार
मोरङमा निःशुल्क आँखा शिविर, ३ हजार ५०० को परीक्षण र २७५ जनाको मोतियाबिन्दुको शल्यक्रिया
२०८३ मंग्सिर २, बुधबार
एनपीएल इलिमिनेटरमा आज काठमाडौं र चितवन भिड्दै, विजेताले दोस्रो क्वालिफायर खेल्ने
२०८३ मंग्सिर २, बुधबार
नमोबुद्ध जात्रा : करुणा र देहत्यागको बौद्ध मान्यता जोडिएको ऐतिहासिक मेला
२०८३ मंग्सिर २, बुधबार